
कैलालीमा छोरी बलात्कारका आरोपीलाई विद्यालयको प्रधानाध्यापकबाट हटाइएको छ । घोडाघोडी नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा मुद्धा दर्ता भएपछि उनलाई पदबाट हटाईएको हो ।

उनी मुद्धा दर्ता भएसंगै फरार छन् । मंगलबार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले उनी लगातार विद्यालयमा अनुपस्थित भएको र विद्यालयका अन्य कामकाज गर्न समेत समस्या भएकाले प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको हो ।
बैठकले सोही विद्यालयकी एक शिक्षिकालाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । सो निर्णयलाई नगरपालिकाले स्वीकृत गर्नुपर्नेछ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44