
सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई लक्षित गरी नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी समुहले बाटोमा संकास्पद बस्तु राखेका छन् । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ मा सामान्य भेटघाटका लागि जाँदै गर्दा वडा नम्बर १ र ५ को सिमाना खेतीगाड भन्ने ठाउँमा संकास्पद बस्तु राखेको घटनास्थलबाट सांसद देवकी मल्लले बताइन् ।

बिच सडकमा पर्खाल लगाएर राखिएकोे संकास्पद बस्तु बम हुनसक्ने उनले आशंका गरेकी छन् । संकास्पद बस्तुमा कार्यक्रममा जान नपाईने समेत लेखिएको छ । प्रदेश सभा सदस्य मल्लका अनुसार आफु सहित १० जनाको टोली सुरक्षित रहेका छन् ।
जिल्लाबाट घटना स्थलतर्फ नेपाली सेनाका मेजर तारा खड्काको नेतृत्वमा टोली हिडेको छ । यसअघि पनि सांसद मल्ललाई विप्लवले अपहरण गरेको थियो । पछि उनलाई सुरक्षित रुपमा छोडिएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12