लकडाउन बिहान खुकुलो, दिउँसो कडाई (भिडियो सहित)
2020/05/15, 9:13
 
bazar

देशभर नै लकडाउनमा कडाई गरिएको छ । नेपालमा कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण बढिरहेको भन्दै लकडाउनमा थप कडा गरिएको हो । तर कैलालीमा भने बिहान लकडाउन खुकुलो र दिउँसो कडाई हुन्छ । प्रायः बिहानको समयमा लकडाउन निकै खुकुलो हुन्छ ।

बिहानको समयमा लकडाउनको कुनै असर नै नपर्ने नगरवासीहरुको भनाई छ । यसले कोरोनाको जोखिम बढ्ने खतरा झन बढ्दै गएको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का दिपेन्द्र थापाले बताए । तर दिउँसोको समयमा भने प्रहरीले लकडाउनमा कडाई गर्ने गरिएको गरे । बिहान र साँझ लकडाउन जस्तो केही छैन्, सवै जना मजाले बजार घुमिरहेका छन् । उनले भने– प्रहरीले दिउँसो मात्रै रोक्ने गरेको छ । यसको केही अर्थ छैन । साँझ विहान पनि कडाई गर्नुप¥यो । 

केही दिन यता सरकारले सर्त सहित केही लकडाउन खुकुलो पारेको थियो । तर पूर्वी नेपालमा संक्रमण दर बढेको भन्दै लकडाउनलाई थप मजवुत पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अत्यावश्यक सेवा वाहेकका सबै बन्द गर्न आह्वान गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनले अहिले बिना काममा बजारमा जथाभावी नहिन्न र घरमै बसी लकडाउनको पालना गर्न सबैमा अनुरोध गरे ।