कैलालीको त्रिनगर भन्सारबाट ५४ करोडको मात्रै निर्यात हुँदा साढे १७ अर्बको आयात
2020/07/24, 7:07

कैलालीको त्रिनगर भन्सारबाट ५४ करोडको मात्रै निर्यात हुँदा साढे १७ अर्बको आयात भएको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मा ५४ करोडको मात्र निर्यात भएको भन्सार प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले बताए । अघिल्लो आर्थिक बर्षमा ८० करोड बराबरको सामान त्रिनगर भन्सार नाका भएर निर्यात भएको थियो ।

कैलाली भन्सारबाट गत आर्थिक वर्ष २०७६र०७७ मा १७ अर्ब ६२ करोड बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ तुलनामा यो चार अर्ब ८ करोडले कम हो । कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि गरिएको नाका बन्दका कारण गत आवमा आयात घटेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।
अघिल्लो आव २०७५÷०७६ मा यो नाका हुँदै भारतबाट २१ अर्ब ७० करोड मूल्य बराबरका विभिन्न वस्तु आयात भएकोे थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37