काँग्रेसका युवा नेता कुवरद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग 
2020/05/15, 10:06
 
kunwar

नेपाली काँग्रेस कैलालीका युवा नेता कृष्ण कुवरले जन्मदिनको अवसरमा धनगढीका संचारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरसका फैलिए संगै समाचार संकलन गर्न अग्रस्थानमा रहेर संचारकर्मीले काम गर्दै आएकोले युवा नेता कुँवरले आफ्नो जन्मदिनको सन्दर्भमा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । 

मास्क सेनेटाईजर लगायतका स्वास्थ्य सामाग्री कुँवरले नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा मार्फत एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमले स्वास्थ्यकर्मी सुरक्षाकर्मी सँगै सञ्चारकर्मी पनि फ्रन्ट लाईनमा काम गरिरहेको अवस्थामा राज्यबाट वेवास्ता हुँदा जन्मदिनको अवसरमा गरिएको सहयोग सरहानीय भएको बताए । उनले अन्य निकायलाई पनि सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रह गरे । ती स्वास्थ्य सामाग्रीहरु धनगढीका सञ्चारकर्मीहरुलाई वितरण समेत गरिएको छ । 

हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा केही न केही सामाजिक कार्य गर्दै आएकोमा यसपाली कोरोनाको सञ्चारकर्मीलाई सहयोग गरेको युवा नेता कुँवरले बताए । अघिल्लो बर्ष कुँवरले दृष्टि फाउण्डेसनलाई सहयोग गरेका थिए । नेपाली काँग्रेस कैलालीका युवा नेता कृष्ण कँुवर नेवि संघका नेता रहेका छन् ।