
सरकारले सुदूरपश्चिम पठाएका ३३ जना डाक्टरहरु काठमाण्डौं फर्किदैछन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटाईएका ३३ जना आवसीय चिकित्सकहरु प्mर्किन लागेका हुन् ।

गत बैशाख ५ गते स्वास्थ्य मन्त्रालयले यति एयरको जहाज चार्टर्ड गरेर चिकित्सकलाई धनगढी पठाएको थियो । उनीहरु आज काठमाडौँ फर्किन लागेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।
विश्वभरी नै कोरोनाको महामारी फैलिएका बेला सुदूरपश्चिम पनि उच्च जोखिममा रहेकोले सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सकलाई सुदुरपश्चिम पठाएको थियो । उनीहरुमध्ये १४ सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, अछाम, डडेल्धुरा, बझाङमा तीन÷ तीन जना बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई÷दुई जना खटिएका थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/02, 10:27
2021/07/20, 10:32
2022/04/06, 6:10
2021/02/07, 10:43