गौरीफन्टा नाकाबाट नेपालीको उद्धार सुरु, सीमामै स्वास्थ्य परिक्षण हुँदैं (भिडियो सहित)
2020/05/15, 3:28
 
sima

कैलालीको सीमावर्ती क्षेत्रको क्वारेन्टाईनमा राखिएका नेपालीको उद्धार सुरु भएको छ । ४९ दिनदेखि पलियाको क्वारेन्टाईनमा बसेका उनीहरुले आज बल्ल नेपाल प्रवेश गर्न पाएका हुन् । नेपाल प्रवेश गरेका उनीहरुलाई सीमामा नै स्वास्थ्य परिक्षण भईरहेको छ ।

नेपाल प्रवेश गर्नुअघि सीमामा ¥यापिड टेस्ट गरेर उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा राखिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।  कैलाली घर भएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाईने छ भने अन्य जिल्लाका नेपालीहरुलाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिने छ । 

सीमापारि कैलाली, कञ्चनपुर सहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहट लगायतका जिल्लाका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । धनगढीमा रहेका भारतीयहरुलाई पनि आज भारत पठाईरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।