
निर्मला तिम्रो नामको
व्यापार भो
कसैलाइ अपार भो
कसैलाइ समाचार भो !
साच्चै भन्नू पर्दा तिम्रो नाम सबलाई फलिफाप भो ।
जेलनेल सबै गफ भयो
जालझेलमै सबथोक गयो
अपराधीकै कल्याण भयो !
साच्चै भन्नू पर्दा तिम्रो नाम सबलाइ मालामाल भयो !
न्याय दिन सबै आए
आन्दोलनमा सबै धाए
सडक सधै ताता भए !
साच्चै भन्नू पर्दा तिम्रो नाम सबलाई राजनीतिको नारा भयो !
यो अपराधी उ अपराधी
त्यो हत्यारा त्यो हत्यारा
यसरी नै बित्यो बर्ष !
साच्चै भन्नू पर्दा तिम्रो नाम सबलाई रमाईलो गर्ने बाजा भयो !
यस्तो घटना सधै हुन्छ
निरन्तर सदावहार
अनि सधै सधै हुन्छ भन्छ हाम्रो ठूलो मान्छे !
साच्चै भन्नू पर्दा बहिनी तिम्रो सबलाइ हल्ला गर्ने कला भयो !!
तिम्रो नाममा निर्मला बहिनी


2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 4:15
2020/12/26, 10:35
2021/04/30, 10:07
2021/11/17, 12:48
2023/08/06, 2:16