बझाङको ताक्लाकोट सडक खण्डमा पहिरो खस्दा सवारी साधन आवत जावत बन्द भएको छ । गएराति परेको बर्षाका कारण ताक्लाकोट सडक खण्डको कपडे र सुनसकोट गरी २ ठाँउमा पहिरो गएको हो । सडकमा पहिरो खस्दा सवारी साधनहरु बन्द भएका छन् ।
तल्कोट का सदरमुकाम चैनपुरबाट छुटेका सवारिका साधनहरू र तल्कोट बाट सदरमुकाम चैनपुर तर्फ आउनका लागि छुटेका सवारीका साधनहरू विच बाटोमा नै अलपत्र अवस्थामा रहेको स्थानीय तथा यात्रु मकरराज धामीले जानकारी दिए ।
उनका अनुसार तल्कोट जानका लागि सदरमुकामबाट हिडेका जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर खड्का, जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द खड्का तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदिश रोकाया, विभिन्न राजनितिक दलका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्थानीय लगायत कपडे नजिकै गएको पहिरोका कारण जान सकेका छैनन् । बाटो खुलाउन लागि प्रयास भैरहेको उनले बताए ।