नेवि संघ क्षेत्र नम्बर ५ः लकडाउनले समस्यामा परेकाहरुको सारथी
2020/05/15, 6:23
 
nebi sang


देश पुरै लकडाउनमा रहेको छ । लकडाउनले विभिन्न वर्ग र समुदाय समस्यामा परेका छन् । समस्यामा परेकाहरुलाई विभिन्न व्यक्ती र संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । तिनै मध्येबाट लकडाउन अवधिभर सक्रिय रहेको छ नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५ र अध्यक्ष गजेन्द्र शाहीको नेतृत्वमा रहेको टीम । नेवि संघ क्षेत्र नम्बर ५ का पदाधिकारीहरु लकडाउन अवधिभर सामाजिक कामहरुमा व्यस्त रह्यो । क्षेत्र नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीको दाईने हातको रुपमा काम गरे नेवि संघ क्षेत्र नम्बर ५ का सचिव देवेन्द्र जोशी । शाही र जोशीसँगै संघका अन्य पदाधिकारीहरुको योगदान पनि त्यतिक्कै महत्वपुर्ण भुमिका छ । 

लकडाउनका कारण रगतको अभाव हुन थाल्यो । विरामीले रगत नपाएर ज्यान गुमाउने अवस्था सिर्जना भयो । रक्तदान कार्यक्रम गरेर रगत संकलन गर्न पनि सम्भव दिएन् । न त कार्यक्रम नै गर्न पाईन्छ न त घरबाट सहज रुपमा निस्कन पाईन्छ । नागरिकका पिडा त छदै थिए रगत नपाएका विरामीका पिडा अझ धेरै थियो । रगत अभावको समस्यालाई मध्यनजर गर्दै नेवि संघ क्षेत्र नम्बर ५ ले विकल्प खोज्यो, घरदैलो रक्तदान अभियान । यो अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा १० दिनमा एक सय ५४ पिन्ट रगत सङ्कलन भयो । विरामीले राहत पाए । विद्यार्थी संगठन भनेको राजनिति, नारा जुलुस, ढुंगा मुढा गर्न मात्रै नभएर जनहित र समाज सेवामा खटिनु पर्दछ भन्ने सन्देश दिन हामीले विभिन्न सामाजिक काम गरेका हौं क्षेत्र नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले भने, समाज बसेपछि समाजका समस्याहरु पनि हेर्नुपर्छ । हामी पनि सामाजिक प्राणी भएकोले लकडाउनले समस्या परेकाहरुलाई सहयोग गरेका हौं । 

4

लकडाउनका बेला खाद्यान्नको जोहो गर्न सवैलाई नै समस्या भईरहेको छ । पोषिलो खाना खानुपर्ने अवस्थाका अति विपन्न वर्गाका सुत्केरी तथा गर्भवतीहरु पोषणयुक्त खाना खानबाट बन्चित भए । सुत्केरी तथा गर्भवतीहरूलाई पोषणयुक्त खानाको अभाव हुन नदिन नेवि संघ क्षेत्र ५ चुप लागे बस्न सकेन् । सुरक्षित मातृत्व सञ्जालसँग समन्वय गरेर थालनी गरियो ’आमा बचाउ, मानवता जगाउ’ अभियान । धनगढी उपमहानगरपालिकाका १९ ओटै वडामा ’आमा बचाउ, मानवता जगाउ’ अभियान चलाईयो । यो अभियान अन्तर्गत दुई सय ५७ जना सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त खाना उपलब्ध गराईएको छ । पोषणयुक्त खाना अन्तर्गत परिवार हेरेर २० देखि २५ किलो चामल, एक लिटर खाने तेल, एक क्यारेट अण्डा, नुन, चिनी एक एक किलो, दाल दुई किलो, आलु पाँच किलो, डिटोल साबुन दुई थान र मास्क एक थान उपलब्ध गराईएको छ । “आमा बचाऊ, मानवता जगाऊ“ अभियानको क्रममा विषम परिस्थितिको सामना गरिरहेको दृष्टि फाउण्डेसनका ५ जना  गर्भवती र सुत्केरी महिला लगायत वडा नम्बर १४, १८, १९ फुलवारी क्षेत्रका अति विपन्न परिवारका ४६ जना गर्भवती र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा लगायत खाद्यान्न अभाव सृजना हुन नदिन उनीहरुकै घरदैलोमा सहयोग हस्तान्तरण गरिएको छ । सुत्केरी तथा गर्भवती आमाहरूलाई पोषणको कमी नहोस भन्नका लागि पोषणयुक्त खाना वितरण गरिएको हो । नेवि संघ क्षेत्र ५ का सचिव देवेन्द्र जोशीले भने, यो अभियानमा  देश तथा विदेशबाट सहयोग प्राप्त भएको हो । हामी सवै  सहयोगी दाताहरुलाई धन्यवाद दिन चाहन्छौ । 

1

“समाजसेवाका हाम्रा मानवसेवी अभियानहरु निरन्तर रुपमा जारी रहेका छन् । नेवि संघ क्षेत्र नं. ५ कैलाली “आमा बचाऊ अभियानको“ मूख्य समन्वयी सुरक्षित मातृत्व संजाल महासंघ र अन्य सहयोग पुर्याउने सम्पूर्ण समाजसेवी मनकारी महानुभाव र संघसंस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । तपाईहरु शुभेच्छुक सम्पूर्णको साथ र सहयोगले नै हामीले धनगढी उपमहानगरपालिका वडा नं १ देखी १९ का आर्थिक अवस्था कमजोर भएका २०७ परीवारका गर्भवती र सुत्केरी महिलालाई उहाँहरुकै घरदैलोमा पुगेर अत्यावश्यक पोषणयुक्त खाद्यान्न सामग्री पुगाउन सफल भएका छौं । यस अघी हामीले विभिन्न वडामा पुगेर सम्पन्न गरेको घरदैलो रक्तदान अभियानका सहयोगी सम्पूर्णलाई पनि हार्दिक धन्यवाद । कोरोना महामारीले उत्पन्न लकडाउनको अवधिमा “आमा बचाऊ अभियान“ र “घरदैलो रक्तदान अभियान“ सँगै विपन्न र गरिब मजदुर वर्ग, भाडामा वसिरहेका विद्यार्थीलाई पनि नेवि संघले सहयोग जारी राखेको छ । 

2

वास्तविक पिडामा रहेका र पहुँच विहिन विपन्न अवस्थाका मानिसलाई सहयोग पुगोस भनेर घरदैलो सहयोग वितरण अभियानलाई निरन्तरता दिईरहेका छौँ, क्षेत्र नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले भने, हावाहुरी संगैको वर्षाले प्रभावित भएका परिवार लगायतलाई अभियानका क्रममा धनगढी उपमहानगरपालिकाका वडा वडामा पुग्दा यहाँ पनि धेरै जना गरिबीमा रहेछन् भन्ने थाहा भयो ।  उनीहरुलाई सहयोग गर्न पाउँदा साह्ै खुसी लागेको छ भने पूण्य काम गरेको पनि लागेको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५ ले लकडाउनको समयमा सञ्चालन गरिरहेका विभिन्न अभियानमा व्यक्तीदेखि संघसंस्थाहरुले पनि सहयोग गरेका छन र गरिरहेका पनि छन् । प्रायः अधिकांश अभियानमा मुख्यदाताको रुपमा सहयोग गर्दै आएको छ निसर्ग हस्पिटल र हस्पिटलका अध्यक्ष तिर्थ पन्त । निसर्ग हस्पिटलले विभिन्न स्वास्थ्य सामाग्री र आर्थिक सहयोग गर्दै आएको छ । लकडाउन अझै लम्बिने संकेत देखिएका वेला अध्यक्ष शाहीको आग्रह छ, तपाईहरुका पनि घर वरपर गरिब दिन दुःखीहरु छन् । उनीहरुलाई पनि तपाईहरु पनि सक्दो सहयोग गर्न आग्रह गर्दछौं । 
3