धनगढी परीक्षणमा सोमवार थप १७ जनामा कोरोना पुष्टि
2020/07/27, 3:41
 
corona

धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमवार थप १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार १४ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको हो। अछामको मेल्लेख गाउँपालिकाका तीन जना महिला र १३ जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। जिल्लामा दुई बर्षीया बालिकामा समेत कोरोना देखिएको ।छ यस्तै दार्चुलाका ५ बर्षीय बालकमा समेत कोरोना पुष्टि भएको उनले बताए। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ४३ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको छ। संक्रमण पुष्टि भएका दुई हजार सात सय ५१  डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै अछाममा ६ सय ७८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो।