लिम्पियाधुरा र लिपुलेक सहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने
2020/05/16, 9:12
 
korona

सरकारले अन्तराष्ट्रिय सीमामा नेपालले थप पूर्वाधार र जनशक्ति थप्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै सीमामा आवश्यक पूर्वाधार र जनशक्ति सहित ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बिओपी) बनाइने उल्लेख गरिन् । 

ऐतिहासिक सन्धि, नक्सा, तथ्य र कुटनीतिक माध्यमबाट भारतसँग भएको सीमा विवाद समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भएकाले त्यसलाई पुनःप्राप्त गरिने र छुटेको भूमि समावेश गरेर नेपालको नक्सा बनाइने राष्ट्रपति भण्डारीले भन्न् ि।