मष्टा गाँउपालिकाका अध्यक्षको दादागिरी मदिरा सेवन गरि गाँउले धम्क्याउदै
2020/08/01, 6:38

बझाङको मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतले मदिरा सेवन गरेर सेवाग्राही लगायत स्थानियलाई धम्क्याउने गरेका छन । स्थानिय तहको चुनावमा आफुलाई मत नदिएको भन्दै बेला बेलामा आफु भन्दा फरक विचार राख्ने स्थानियलाई धम्क्याउने गरेका छन ।
हालै मात्र मदिरा सेवन गरि मष्टा गाँउपालिका वडा नं २ का स्थानिय पिरु रोकायालाई अपाच्य शब्द प्रयोग गरी दुव्र्यवहार गरेको भिडीयो सामाजिक संजालमा भाईरल भईरहेको छ । अध्यक्ष कठायतले मदीरा सेवन गरी घर नजिकैका ७० बर्षिय वृद्ध पिरु रोकाया लाई ‘तेरो बा हु म, मु.... त मेरो बा हैनस कि म तेरो बा हुँ । तैले भोटै दिईनस ।
त्यो बाटो तेरी आमाको दाईजो हो । मेरो हो राजा हु राजा के र्गछस’ लगाएतका शब्दहरु प्रयोग गरेका छन् । अध्यक्षको यो पहिलो घटना भने होईन । उनले बेला बेलामा यस्ता हर्कत गर्ने गरेका छन । केहि महिना अघि मात्र एक जनालाई फोन मार्फत धम्क्याएको अडियो सार्वजनिक भएको थियो ।
यति मात्र होईन उनले आफ्नो पार्टी भन्दा फरक विचार राख्ने जो कोहिलाई थर्काउने र गाली गर्ने गरेका छन । कठायत स्थानिय तहको चुनाव बाट नेकपा एमाले बाट विजयी भएका हुन ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12