कुहिएको चामल प्रकरणः के आउँदै छ छानविन समितिको प्रतिवेदनमा ?
2020/05/17, 9:41
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आज प्रतिवेदन वुझाउँदै छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

तीन दिनको समय सीमा दिएको समितिले छानविन र अनुगमन तथा सम्बद्धहरुको वयानपछि प्रतिवेदन तयार पारिएको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदन कस्तो आउला भन्ने जनचासो वढेको छ । 

तयार हुँदै प्रतिवेदन
छानविन समितिले दुई दिन लगाएर ५  वडाहरुमा वितरणका लागि राखिएको चामलको स्थलगत अनुगमन गर्दै चार वडामा कुहिएको र एक वडामा राम्रो चामल पाएको थियो ।  छानविन समितिले चार वडामा एक हजार तीन सय ५१ कट्टा  कुहिएको र किरा परेको चामल फेला पारेको थियो । नम्बर ४ मा २ सय ६९ कट्टा, वडा नम्वर ५ मा ८ सय ८७ कट्टा, वडा नम्बर १ मा ९ मा ९५ कट्टा र वडा नम्बर २ मा १०० कट्टा कुहिएको चामल पाईएको छानबिन समितिले जनाएको छ । वडा नम्बर १२ मा वितरण गरिएको चामल राम्रो र खान योग्य रहेको समितिको भनाई थियो । १६ वडामा वितरण गरिएको चामल भने राम्रो भएका त्यहाँ वितरण गर्दा कुनै समस्या र गुनासो आएको छैन् ।

छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि धनगढी उपमहानगरपालिकालाई वुझाउन प्रतिवेदन तयार पारिरहेको छ । दिईएको तीन दिनको समय सीमा आज विहान पुगे पनि प्राविधिक कारण प्रतिवेदन तयार पार्न ढिलाई भईरहेको छ । तर आज जसरी पनि प्रतिवेदन तयार पारेर वुझाउने संयोजक मुरारी अधिकारीले बताए । 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।

चामल आपुर्तिकर्तालाई कारवाहीको सिफारिस
धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा चामल आपुर्तिको ठेक्का धनगढीको ठाकुर टे«ड लिंकले पाएको थियो । उसले यसअघि १६ वटा वडामा चामल वितरण गर्दा कुनै समस्या र गुनासो नआए पनि वडा नम्बर ४ मा कुहिएको चामल पाईएपछि विवाद चर्किएको थियो । त्यसपछि वितरण गर्न बाँकी रहेका वडाहरुको चामलको बारेमा जानकारी लिदैं वस्तुस्थिति वुझ्न छानविन समिति बनाईएको थियो । स्रोतका अनुसार छानविन समितिको प्रतिवेदनमा चामल आपुर्तिकर्तालाई कारवाहीको सिफारिस हुनेछ । चामल आपुर्तिकर्तासँगको वयानमा आपुर्तिकर्ताले आफुलाई अर्को उद्योगले आपुर्ति गरेका कारण गुणस्तरहीन चामल परेको बयान दिएका छन् । सोही कुरालाई ध्यानमा राखेर चामल आपुर्तिकर्ता नै जिम्मेवार भएकोले कारवाहीको सिफारिस छानविन समितिले गर्नेछ । 
 

टेण्डर प्रक्रियामा कुनै अनियमितता छैन् 
धनगढी उपमहानगरपालिकाले राहत वितरणका लागि टेण्डर आह्वान गर्दा देखि नै मिलोमतो गरिएका समाचारहरु सञ्चार माध्यमहरुमा आईरहेका छन् । तर छानविन समितिले भने टेण्डर प्रक्रियामा कुनै समस्या नरहेको स्रोतले बतायो ।  समितिका अनुसार केही प्राविधिक र मानवीय गल्ती भए पनि टेण्डरमा मिलोमतो र अनियमितता नभएको प्रतिवेदनमा उल्लेख गर्ने छ । कर्मचारी र जन प्रतिनिधिको सेटिङ भएको कुरा संग्लन कागजातमा नखुलेको कुरालाई छानविन समितिले आधार मान्नेछ । 

कारवाही सिफारिस भए भोग्न तयारः आपुर्तिकर्ता
यता चामल आपुर्तिको ठेक्का पाएको ठाकुर टे«ड लिंकले भने छानविन समितिले गरेको कारवाहीको सिफारिस भोग्न तयार रहेको बताएको छ । ठाकुर टे«ड लिंकका सञ्चालक हरिशंकर ठाकुरले आफुहरुले नियतबस नगरेको भएपनि नैतिक रुपमा जिम्मेवारी लिदैं कारवाही भोग्न तयार रहेको बताए । उनका अनुसार ठाकुर टे«ड लिंकको ट्याग र लोगो राखिएका चामलका कट्टामा कुनै समस्या नरहेको तर रश्मि टेड्र कन्सर्नबाट किनेर दिईएको चामल खराब पाईएको छ । त्यही आधारमा कारवाहीको सिफारिस पर्ने ठाकुर टे«ड लिंकले पनि रश्मि टेड्र कन्सर्नलाई कारवाहीका लागि कानुनी उपचारको बाटोमा जाने ठाकुर टे«ड लिंकका सञ्चालक हरिशंकर ठाकुरले जानकारी दिए । त्यसका सवै प्रमाणहरु आफुसँग रहेको उनको दावी छ । 

रश्मि टेड्र कन्र्सन मौन
धनगढी उपमहानगरपालिकामा चामल आपुर्तिको ठाकुर टे«ड लिंकले रश्मि टेड्र कन्र्सनबाट किनेको चामलमा कफियत देखिएको छ । तर ठाकुर टे«ड लिंकलाई चामल पठाउने रश्मि टेड्र कन्र्सनले यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन् । रश्मि टेड्र कन्र्सनका सञ्चालक मनोज अग्रवाललाई यस वारेमा वुझ्न पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन् ।