सुदूरपश्चिम प्रदेशमा झण्डै ४२ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लामा ४१ हजार नौँ सय ६५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ४३ हजार पाँच सय ४७ जनाको स्वाब संकलन गरिएकोमा एक हजार पाँच सय ८२ जनाको रिर्पोट आउन बाँकी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म चार हजार नौ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढि कैलालीमा सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। डोटीका सात सय ९४, अछाममा सात सय ३१, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय ७८, डडेल्धुराका तीन सय १२ जना, बैतडीका तीन सय, बझाङका दुई सय ९५ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा चार हजार ५५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भएको छ ।