सुदूरपश्चिम नेपाली समाज टेक्सास अमेरिकाद्वारा ११ लाख ९४ हजार सहयोग हस्तान्तरण
2020/08/13, 7:55
 
corona

डडेल्धुरामा पीसीआर स्थापनाकका लागि सुदूरपश्चिम नेपाली समाज टेक्सास अमेरिकाले संकलन रकम ह्युमानिटी फाउण्डेसन नेपाललाई हस्तान्तरण गरेको छ। डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि अमेरिकामा संकलन गरिएको गरेको ११ लाख ९४ हजार रुपैया सुदूरपश्चिम नेपाली समाज टेक्सासले फाउण्डेसनलाई हस्तान्तरण गरेको हो। 

फाउण्डेसनले डडेल्धुरामा पीसीआर मेसिन स्थापनापछि आर्थिक सहयोग संकलन अभियान भने बन्द गरिसकेको छ। तर पूर्व प्रतिबद्धता अनुरुप सुदूरपश्चिम समाजले ह्युमानिटी फाउण्डेसनलाई सो रकम हस्तान्तरण गरेको हो। सुदूरपश्चिम नेपाली समाज टेक्सासको अगुवाईमा टेक्सासमा थालिएको आर्थिक संकलन अभियानमा बिभिन्न संघसंस्था, मनकारी व्यक्तिहरु, भक्त बीबी भण्डारी फाउण्डेसन लगायतले सहयोग गरेका थिए। भक्त बीबी हेल्पिङ ह्यान्ड्स फर ह्युमानिटी र युएनएका अध्यक्ष भक्तबहादुर भण्डारीले सुदूरपश्चिम समाज टेक्सासलाई तीन लाख ५९ हजार एक सय ३६ रुपैँया प्रदान गरेको थियो।

सुदूरपश्चिम नेपाली समाज टेक्सासका सभापति प्रेमबहादुर शाहीले समाजका सम्पूर्ण पदाधिकारी र सदस्यहरुका तर्फबाट आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुमा आभार व्यक्त गरेका छन्। देशबाहिर भएपनि जन्मभूमि र आफ्नो जन्मभूमिका नागरिकको सेवा र सहयोगका लागि सदैव तत्पर रहने सुदूरपश्चिम समाज टेक्सासले जनाएको छ।

यी हुन सुदूरपश्चिम समाज टेक्सासमा रकम सहयोग गर्नेहरु:

2

4