कोरोना भाईरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा पहिलो पटक फेरी एउटा नयाँ रोग देखीएको छ । स्क्राबटाईफस नामको यो रोगबाट विहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको छ । दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रबटाईफस रोग बाट विहिवार निधन भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए ।
उनले विरामी महिला एक हप्ता अघि देखी विरामी भएरु गाँउकै क्लीनिकको उपचारले निको नभएपछि गम्भिर अवस्थामा जिल्ला अस्पताल ल्याईएको थियो उनको उपचारका क्रममा निधन भएको हो । अस्पतालमा ल्याब परिक्षण गर्दा मृतक महिलामा स्क्रब टाईफस पुष्टी भएको थियो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार यो रोग बझाङमा पहिलो पटक देखा परेको छ । किर्ना प्रर्जातिले टोकेमालाग्ने यो रोगको लक्षण उच्चज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरिरमा स सानाविविरा आउने, हालखुट्टा दुख्ने , दिउसो ठिक भएपनि राती बढी ज्वरो आउने लक्षण रहेने गरेको बताईएको छ ।
जिल्लामा एक साता यता मात्रै यो रोग नौ जनामा देखीएको डाक्टर खड्काले बताए ।उनका अनुसार अहिले यो रोगको प्रकोप जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्न गाँउपालिका, थलारा गाँउपालिका, दुर्गाथली गाँउपालिका, र मष्टा गाँउपालिकामा देखा परेको छ । यस बाट बच्नका लागी जिल्ला अस्पतालले ब्यक्तीगत र घरआगन सरसफाईमा जोड दिने, पशुचौपाया, मुसाहरु बाट बच्ने, ओसीलो ठाँउमा बस्दा वा काम गर्दा शरीर कपडाले ढाक्ने सुझाबहरु दिने गरेकाछन् ।