क्रिकेट अभियन्ताको तेक्वान्दो केमेष्ट्री, सुवाश शाहीले क्रिकेट छोडेका हुन् ? 
2020/08/15, 10:12
 
subash shahi

देशमै एक मात्रै क्रिकेटको शहर धनगढी अनि क्रिकेटलाई अगाडी वढाउने र व्यवसायिक रुप दिने सुवाश शाही । सुवाशले नेपाली क्रिकेटलाई व्यवसायिकताको रुपमा अगाडी वढाउँदै सुगन्ध थपिरहेका वेला पछिल्लो बर्ष धनगढी प्रिमियर लिग आयोजना नभएपछि धेरै आशंकाहरु उब्जिएका छन् । यो बर्षको दशैं तिहारमा डिपिएल गर्ने बताईरहेका शाहीको काँधमा पछिल्लो दिनमा तेक्वान्दोको नेतृत्व पुगेका छ । क्रिकेटमा उनले छरेको सुवाश फैलिरहेका वेला उनको तेक्वान्दो केमेष्ट्री मिलेपछि सुवाश शाहीले क्रिकेट छोडेका हुन त भन्ने प्रश्नहरु धेरैको मनमा उब्जिएको छ ।

नेपालको क्रिकेटलाई व्यवसायिक वनाउन एक दशकदेखि सक्रिय भएर लागिरहेका छन सुवाश शाही । प्रदेश सातमा क्रिकेटको अभियन्ताको उपमा समेत पाएका शाहीकै परिकल्पनामा देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग आयोजना हुँदै आएको छ । २०६६ सालदेखि एसपिए कप हुँदै डिपिएलसम्म आईपुग्दा यो प्रतियोगिताले नेपालमा क्रिकेटको व्यवसायिकतालाई मात्रै अगाडी वढाएको छैन की यो प्रदेशलाई चिनाउन पनि मदत्त गरिरहेको छ । 

सुवाश शाही,  नेपाली क्रिकेट प्रेमीका लागि परिचित नाम हो । युवा अवस्थामा आफुले पनि नेपाली नेशनल टीमबाट विश्वकप खेल्ने सपना देखेका शाहीले विविध कारणले आफ्नो सपना पुरा गर्न सकेनन् तर त्यस्तो सपना देख्नेहरुलाई सो स्थानमा पु¥याउन उनी प्रयासरत छन । २०६६ सालमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कप भनेर कलेज स्तरीय प्रतियोगिताबाट अहिलेको डीपीएलको जग बसाईएको थियो । एसपीए एउटा विशुद्ध शैक्षिक संस्था हो भने त्यसको निर्देशक हुन्, सुवाश शाही । काठमाडौं होटल म्यानेन्जमेन्ट विषयमा स्नातक गरेपछि शाहीसँग दुई विकल्प थिए । एउटा सहपाठीहरुको लहडमा लाग्दै युरोप, अमेरिका तथा अष्ट्रेलिया लाग्नु अर्को आफ्नो जन्मभुमिमा केही गर्ने धनगढी फर्कनु । शाहीले दोस्रो विकल्प रोजे । उनी स्वदेशमा केही गर्ने आट बोकी धनगढी फर्के ।

धनगढीबाट एसएलसी सकेर काठमाडौं हानिनु अघि सुवाश यस क्षेत्रको क्षेत्रीय स्तरका खेलाडी थिए । धनगढी रंगशाला त्यतिबेला उनको क्रिकेट अभ्यास स्थल थियो । २०६८ सालको छैटौं राष्ट्रिय खेलकुद सुदूरपश्चिममा भयो । धनगढी रंगशालालाई फुटबल मैदानमा परिणत गरियो । त्यस अघि हँुदै आएको क्रिकेट प्रतियोगिता भने त्यहाँबाट विस्थापित भयो । रंगशाला बन्नुअघि २०६६ र ६७ सालमा भएका एसपीए कपको पहिलो र दोस्रो संस्करण त्यही मैदानमा भएको थियो । तर, २०६८ पछि भने बजारको मध्यभागमा रहेको अञ्चल प्रहरी कार्यालयको मैदानमा क्रिकेट सीमित भयो । त्यहीवेला शाहीले प्रतियोगितासँगसँगै क्रिकेट खेलाडी पनि उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले धनगढी क्रिकेट एकेडेमीको स्थापना गरे । 

एकेडेमीले नियमित अभ्याससँगै शनिबार र विदाको समयमा मात्रै हुने गरि ६ महिनासम्म चल्ने धनगढी क्रिकेट लिग (डिसिएल) को आयोजनाको सुरु ग¥यो । २०७१ सालमा एसपीए कपको चौथो संस्करण र डिसिएलको दोस्रो संस्करण सम्पन्न भयो । एकातिर एसपीए कप र अर्कातिर डिसिएल सामानान्तर रुपमा अघि बढिरहेका थिए । त्यहीवेला शाहीले २०७२ मा भएको डिसिएलको तेस्रो संस्करण फ्रेन्चाईजी टोली बनाउँदै खेलाडी बोलकबोल (अक्सन) गराउने घोषणा गरे । शाही लगायतको टोलीले २०७३ मा डिसिएल र एसपीए कपलाई गाभ्दै डीपीएलको पहिलो संस्करणको घोषणा भयो । सोही डीपीएलको दोस्रो संस्करण धनगढीमा सम्पन्न भयो । तेस्रो संस्करण पनि आयोजना भयो । यो फाप्ला मैदानमा आयोजना गरियो ।

चौथो संस्करण भने दुई बर्षदेखि हुन सकेको छैन् । कहिले प्रायोजक नआएर त कहिले समय नपाएर डिपिएल आयोजना हुन सकेको छैन् । पुरस्कार राशी वढाउँदै नयाँ नयाँ प्रयोग गर्दै सुवाश शाहीले नेपाली क्रिकेटलाई व्यवसायिक वनाउने काममा ईट्टा थपिरहेका वेला उनको काममा ब्रेक लाग्यो । दुई बर्षसम्म डिपिएल अन्यौलमै रहेका वेला केही समय सुस्ताएका शाही फेरि तेक्वान्दोको नेतृत्व लिएर अगाडी बढेको छ । उनले सुदुरपश्चिमको तेक्वान्दो संघको नेतृत्व लिएका लिएका छन् । उनकै नेतृत्वमा नेपाल तेक्वान्दो संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षता बनेका छन् । क्रिकेटका अभियन्ता शाहीले तेक्वान्दोतिर किन लागे भन्ने प्रश्नमा उनले हाँसेर भने– क्रिकेट निजि क्षेत्रबाट अगाडी वढिरहेको छ । तेक्वान्दो संस्थागत रुपमा अगाडी वढाउने हो । यसको सम्भावना छ । दुवै क्षेत्रलाई अगाडी बढाउने योजना रहेको छ । कुनै समस्या छैन ।’ 

शाही यसअघिका प्रदेश अध्यक्ष प्रदीप थापा, धनगढीका मेयर नृप ओड र सामाज्य विक्रम पाण्डेय सहित केही समय अघि कोरिया गएका थिए । कोरिया मार्सल आर्ट तर्फ बढी केन्द्रित भएको छ । त्यहाँ तेक्वान्दोका विषयमा विभिन्न गतिविधि र विकासका लागि गरिएका कामहरुको सो टोलीले अनुगमन गरेको थियो । त्यही वेलादेखि शाहीलाई तेक्वान्दो मोहले तानेको थियो । क्रिकेटलाई निजि क्षेत्रबाट अगाडी बढाईरहेका वेला तेक्वान्दोको नेतृत्वमा आएपछि यसले धेरैलाई चकित पारेको छ । शाही आफु अन्य कुनै पनि संघ संस्थामा नभएकोले पनि तेक्वान्दो संघको नेतृत्व सम्हालेको बताउँछन् । ‘कोरिया गएर फर्किएर आउँदा त्यसले पनि प्रभावित पार्यो । अन्य कुनै पनि संघमा समेत आबद्धता थिएन । त्यही भएर यसको नेतृत्व लिईएको हो ।’ शाहीले भने– ‘केन्द्रबाट पनि संघमा लाग्न आग्रह भएपछि लागिएको हो । यसको सुदुरपश्चिममा पनि ठुलो सम्भावना छ । यसलाई अगाडी वढाउनका लागि नेतृत्व लिईएको हो ।’