![kabita](/sites/default/files/styles/flexslider_full/public/2020-08/arun%20joshi.jpg?itok=w59I54Wd)
म द्रोपदी भएको भए
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
कृष्णको साथ पाउथे होला
म पान्चाली भएको भए
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
ईश्वरले इज्जत मेरो जोगाउथे होला
तर हजुर दुर सुदुर कि म
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)
निर्दोष निर्मला परे
मेरा लागि कृष्ण बनी कोहि आएन
![](https://khabarkunj.com/sites/default/files/2021-01/SAMAR-MEDICAL-HALL.gif)
लुटिन लागेको मेरो अस्मिता
कसैले जोगाएन
बिन्ती छोडिदे भनी गुहार्दै
पापीको चरण मा परे
के मान्थ्यो र नरपिसाचले
चुडिएर कणकणमा परे
बस्त्र दिने आउछौ भनी
सोचेथे हे कृष्ण
आएनौ ,चिर हरण मा परे
जीवन जिउनै नपाउदै
मृत्यु बरण मा परे
यता म लुटिए
उता परिवारको सपना टुट्यो
न्यायको खोजमा भौतारिदा भौतरिदै
राज्य ब्यवस्था प्रति
बाआमाको विश्वास उठ्यो
अदालत केबल पैसा हुनेको
साथ मा रहेछ
कसरी पाउथे न्याए
तराजु बलात्कारी कै
हात मा रहेछ
हे बासुदेव
अन्याय र अत्याचारले
पराकाष्ठा नाघिसक्यो
सन्सार पापी र अधर्मीले
छपक्कै ढाकी सक्यो
त्यसैले भगवान
सज्जन र निर्दोषको हानी
अझै कहिले सम्म हुन्छ
तिमीले जवाफ दिनुपर्नेछ
अत्याचारिको शिर अब
तिम्रो सुदर्शनले चिर्नुपर्नेछ
धर्म र न्याय स्थापना गर्न
फेरि तिमीले यस धर्तीमा
जन्म लिनुपर्नेछ