मदिरा पसल सञ्चालनको व्यवस्था गर्न कैलालीका मदिरा व्यवसायीको माग
2020/05/18, 1:11
 
madira

मदिरा पसल सञ्चालनको व्यवस्था गर्न कैलालीका मदिरा व्यवसायीले माग गरेका छन् । आज जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन पत्र वुझाउँदै आफुहरुको व्यवसाय सञ्चालनको व्यवस्था गरि दिन कैलालीका मदिरा व्यवसायीहरुले आग्रह गरेका हुन् ।

लकडाउनको समयमा अवैध मदिराको कारोबार वढ्दा यसले एकातिर मानव स्वास्थ्यलाई गम्भीर असर पारिरहेको र अर्कोतिर सरकारको राजश्व गुमिरहेकोले कोरोना भाईरसको सुरक्षा सम्बन्धी सम्पुर्ण मापदण्ड अपनाउन तयार रहेको भन्दै व्यवसायीहरुले यो व्यवसायमा आबद्ध व्यवसायी, कर्मचारी र मजदुरहरु लगायत उनीहरुमा आश्रित परिवार पनि भोक भोकै वस्नुपर्ने बाध्यता आएकोले मदिरा व्यवसाय सञ्चालनका लागि आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र वुझाएको मदिरा व्यवसायी संघ कैलालीका अध्यक्ष पुष्कर भाटले जानकारी दिए । 

मदिरा व्यवसायी संघ कैलालीका अध्यक्ष पुष्कर भाट लगायतका व्यवसायीहरुले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीलाई वुझाईएको ज्ञापन पत्रमा विभिन्न १० वटा बुँदाहरु राखिएका छन् । ज्ञापन पत्रमा धनगढीका केही डिपार्टमेन्टल स्टोरहरुले मदिराको कारोवार गरिरहेको आफुहरुलाई बन्चित गर्न नहुने, विश्वको मापदण्ड अनुसार निश्चित समय तोकिनु पर्ने, वीयर वाईन जस्ता मदिरा लामो समय राख्दा खराब हुने भएकोले आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको मदिरा व्यवसायी संघ कैलालीका सचिव प्रेमवहादुर धामीले जानकारी दिए । 

madira