नेपाल प्रवेश गरेका भन्छन्– सीममा प्रदेश सरकार भेटिएन, मुख्यमन्त्री भन्छन्– नाकामा थप कडाई गर्दै  आवतजावत रोकिन्छ  
2020/05/18, 4:49
 
bhatta ji

भारतका विभिन्न ठाउँमा अलपत्र परेकाहरु आफ्नो सिमानामा प्रवेश पाउदा जती खुसी थिए त्यो भन्दा धेरै सुदूरपश्चिम प्रदेश सरकार प्रति उनीनहरुको आक्रोस थियो । भारतमा रहेका क्वारेन्टाईनबाट लखेटिदै, दिल्ली र लखनाउबाट पैदल हिड्दै ४९ दिनपछि नेपालीहरु कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश पाएपछि उनीहरु खुशी त छदै थिए । तर प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीहरुले आफुहरुको अवस्था बुझ्ने प्रयाससम्म नगरेको गुनासो उनीहरुको थियो । भारतमा रोजगारी गर्दा भोग्नुपर्ने यातना पिडा र दुःखको स्वयम मुख्यमन्त्री नै भुक्तभोगी हुँदा पनि सीमासम्म नआएको देख्दा नेपाल प्रवेश गरेकाहरु निराश थिए । 

नेपाल प्रवेश गर्नै लाग्दा सिमानाबाट फिर्ता गरेर पलियामा ४८ दिन क्वारेन्टाईनमा राखेका कैलाली गोदावरी नगरपालिकाका गोविन्द थापाले भने, सिमानामा प्रदेश सरकारका मन्त्रीहरुलाई पुग्ने फर्सद भएन ।

थापा जस्तै शुक्रबार शनिवार र आईतबार त्रिनगर भन्सार नाका भएर भित्रिएका सबै नेपालीहरुको त्यस्तै गुनासो छ । लामो समय सिमानाका रोकिनु प¥यो कैलाली चुरेका टेकबहादुर सिंहले भने, स्वास्थ्यकर्मीहरुले चेकजाँच गरेर अत्तरिया पठायो अहिले तेघरीको क्वारेन्टाईनमा छु । सिमामा पुगेकाहरुले सुदूरपश्चिममा प्रदेश सरकार नभएको अनुभूती भएको बताएका छन् ।

सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले आफुहरु निति तथा कार्यक्रम बनाउनमा ब्यस्त रहेको बताए । उनले भने,– हामी नगएपनि चेकजाँचमा स्वास्थ्यकर्मीले सहयोग गरेका थिए । 

यता सीमा नाकामा नेपा प्रवेश गरेका नेपालीलाई भेट्न नगएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताएका छन । मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाई गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताएका हुन् । 

सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, “हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ।”

फोन संवादकै क्रममा उनले अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गरे । मुख्यमन्त्री भट्टले थपे, “लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।”

मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको जानकारी गराए । मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीलाई आम नागरिकले सहयोग गर्न र पूर्ण पालना गर्न समेत सबैमा आग्रह गरे ।