एमसीसी चोर बाटोबाट पारित गर्न खोजिएको छः रावल
2020/05/18, 5:04
 
rawal

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन् । उनले भने, ‘एमसीसी पछाडीको ढोकाबाट आउन खोजे जस्तो अनुभूत भइरहेको छ ।

नेपाली कांग्रेसका नेताले भन्नुभयो छिटो पारित गर्नुपर्छ भनेर । उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । १०÷१० वर्षमा महाकाली सन्धीको पुनरावलोकन हुने भन्ने थियो । न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो । 

नेता रावलले अन्तरदेशीय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भएपनि कानुन  नभएको उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताए ।