कैैलालीको सीमाबाट पलिया पठाईएका तीन सय नेपाली अलपत्र (भिडियो सहित)
2020/05/18, 6:02
 
paliya

कैैलालीको सीमाबाट पलिया पठाईएका तीन सय नेपाली अलपत्र परेका छन् । स्वदेश फर्किन कैलालीको गौरीफन्टा नाका सम्म पुगेका मजदुरहरुलाई सीमावर्ती भारतीय क्षेत्रमा स्थापना गरिएको क्वारेन्टाईनमा व्यवस्थापन गरिएको भनिए पनि उनीहरुलाई पलिया लगेर अलपत्र पारिएको छ । 

झण्डै डेढ महिनादेखि कैलालीको सीमावर्ती क्षेत्र पलियामा राखिएकाहरुको तीन दिन सीमा खोलेर उद्धार पछि नेपालीलाई नेपाल प्रवेश गराईएको थियो । नेपाल प्रवेशको आशामा भारतका विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै आएका उनीहरु गौरीफन्टा नाका पुगे पनि त्यहाँबाट फर्काएर पलिया स्थित क्वारेन्टाईनमा राखिएको छ ।

क्वारेन्टाईनमा राखिएका नेपालीहरुको अवस्था दईनीय रहेको त्यहाँ रहेका सागर भट्टले जानकारी दिए । उनले आफ्नो फेशवुक पेजबाट लाईभ गर्दै नेपालीहरुको अवस्था नाजुक रहेको र अलपत्र पारिएको बताए । यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले भारतीय पक्षसँग समन्वय गरी लामो समयदेखि सीमानाकामा पुगेर रोकिएका मजदुरहरुको उद्धार गरेको थियो ।