मिचिएको सीमा फिर्ताको माग गर्दै धुर्मुस सुन्तली (भिडियो सहित)
2020/05/18, 6:35
 
dhurmus

श्रीमान् देशको नेतृत्व गरिरहेका हुन्छन् । यहीबेला कोरोना संक्रमणको महामारी फैलिन्छ । संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले देशमा लकडाउन गरिरहेको हुन्छ ।

लकडाउनको विकल्प हुन सक्छ कि सक्तैन ? त्यसतर्फ सरकारले ध्यान दिएको छैन । तर, निरन्तर लकडाउन थपिरहन्छ । लकडाउनबाट हुन जाने नकारात्मक प्रभावबाट कसरी बाहिर निस्किन सकिन्छ ? सरकारसँग कुनै योजना छैन । 

सीमा विवाद लामो समयदेखि रहिरहेको तर समाधान नभएको अवस्थामा सरकारलाई दबाब स्वरूप भिडियो निर्माण गरेको सीताराम बताउँछन् । “समस्या समाधानका लागि नागरिकका तर्फबाट पनि दबाब सिर्जना होस् भन्ने मेरो उद्देश्य हो”, उनी भन्छन, “आफ्नो भूमि सबैका लागि प्यारो हुन्छ नै । त्यसमा पनि देशको सार्वभौमसत्ताको कुरा पनि जोडिएपछि यो इज्जत र गौरवका लागि पनि सीमा समस्या समाधान हुनु पर्छ भन्ने सन्देश दिन खोजिएको हो ।”

कला मार्फत् पनि देशका लागि खबरदारी गरेको भन्दै उनले आआफ्ना तर्फबाट खबरदारीको खाँचो औंल्याए । लकडाउनका कारण अफ्ठ्यारो परिस्थितिमा सीमित स्रोत तथा साधनका बीच भिडियो निर्माण गरिएको उनले जानकारी दिए ।