
बझाङको बुङ्गल नगरपालिका– ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् भने तीन जनाको उद्धार गरिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप ओखेडा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएकी पिलला सहित उनको १६ वर्षीया छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् । एक हप्ता अघि नै पहिरोको जोखिममा रहेकाले सुरक्षित ठाउँ मिलाइदिन आग्रह गर्दै नगर र वडा कार्यालयमा जानकारी पनि गराएको स्थानीयले बताएका छन् । पिपलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/07, 2:44
2020/11/20, 6:46