स्वास्थ्य कार्यालय बैतडीले जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण नफैलिएको जनाएको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा ती सबैको रिपोर्ट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले दावी गरे। जिल्लाको पाटन नगरपालिकाका ९७, दशरथचन्द नगरपालिकाका १५, मेलौली नगरपालिकाका ३६ र दोगडाकेदार गाउँपालिकाका २७ जना गरी १ सय ७५ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख भट्टले बताए। ती सबै कोरोना संक्रमितका आफन्तहरु रहेको बताइएको छ। यसैगरी जिल्लाका अन्य स्थानीय तहमा पनि कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्ने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01