धनगढी तीज फोटो प्रतियोगिताको उपाधि समि ठकुरीलाई
2020/08/22, 7:16
 
teej

धनगढीमा भएको मौलिक तीज फोटो प्रतियोगिताको उपाधि समि ठकुरीले हात पारेकी छिन्।  सृजनशील मञ्च सुदूरपश्चिम, खबरपात मिडिया पब्लिकेसन र समर्पण मिडिया धनगढीको सयुँक्त आयोजनामा भएको प्रथम अनलाइन धनगढी तीज फोटो प्रतियोगितामा ठकुरीले प्रथम स्थान हाँसिल गरेकी हुन्। 

१२६ जना प्रतियोगी मध्ये धनगढीकै रक्षा बम दोस्रो बनेकी छन्। यस्तै रेखा रावत, बसन्ती सापकोटा, पुजा फुलारा, ममता थापा र चित्रा नौन्यालले सान्त्वना पुरस्कार जितेका छन्। तीजको मौलिकता झल्कने तस्बिरलाई प्रतियोगितामा सहभागी गराइएको थियो। उनीहरुसँग फेसबुकका फोटो, नाम, ठेगाना माग गरिएको थियो।

त्यसपछि उनीहरुको फोटो फेसबुक पेजमा सार्वजनिक गरिएको थियो। बढी लाइकका आधारमा शनिबार विजयीहरु घोषणा गरिएको आयोजकले जनाएको छ। प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले विजेताहरुको नाम घोषणा गरेकी थिइन्। 

विजेताहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिने समर्पण मिडियाका प्रबन्धक डिल्लीराज ओझाले बताए। प्रतियोगितमा प्रथम, द्धितीय र सान्त्वनालाई क्रमस ५ हजार, ४ हजार र एक/एक हजार र गिफ्ट ह्याम्पर प्रदान गरिने उनले बताए।