प्रेम आले सहित तीन सांसद विरुद्ध प्रशासनमा निवेदन– जिउधनको रक्षा गरि पाउँ
2020/05/19, 8:53

ज्यानको खतरा रहेको भन्दै डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम आले सहित तीन सांसद विरुद्ध प्रशासनमा निवेदन दिईएको छ ।

पूर्वमन्त्री गोकुल बाँस्कोटा, सत्तारुढ नेकपाका सांसदहरू सूर्य पाठक र प्रेम आलेबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै लमजुङका विजय प्रकाश मिश्रले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन ।
आफ्नो र परिवारको जिऊ धन जोखिममा रहेको भन्दै मिश्रले निवेदन दिएका हुन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस बागेर्निङ गरेको अडियो मिश्रले नै सार्वजनिक गरेका थिए ।

अडियो बाहिर आएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । मिश्रले आफ्नो चरित्र हत्या गर्न सांसदत्रयसँगै सुरक्षण मुद्रण कम्पनीका कार्यकारी निर्देशक विकल पौडेल पनि लागि परेको निवेदनमा उल्लेख गरेका छन् ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09