प्रशासनले थाम्न सकेन भीड, गौराको समान किन्नेको घुँइचो
2020/08/24, 12:15
 
gaura

दार्चुलामा गौरा पर्वसंगै बजारमा भिडभाड बढ्न थालेको छ । चाडपर्व नजिकिएसंगै दार्चुलाका मुख्य बजार क्षेत्र खलङ्गा, गोकुलेश्वर मालिकार्जुन पनेबाज बगौरा लगायतका स्थानीय बजार क्षेत्रमा दिनका दिन निक्कै भिडभाड बढ्ने गरेको देख्न सकिन्छ ।चाडपर्वको बेलामा खाद्यान्न, लुगा कपडा, जुत्ता चप्पल लगायतका सामान किन्नेको संख्यामा बृद्धि भएको स्थानीय व्यापारी जितेन्द्र सिंह धामीले बताए ।

कोरोना भाइरसका कारण गत विगतको जस्तो बढी चहलपहल नभएपनि गौरा पर्व नजिकिए संगै बजार क्षेत्रमा भिडभाड बढेको छ ।
कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा बढी भिडभाड नगर्न आग्रह गरेको भए पनि बजार क्षेत्रमा भिडभाड बढेको स्थानीय जगदीश सिंह धामीले बताए ।

कोरोना भाईसरको जोखिम न्युनिकरणका लागी सरकारले चाड पर्व घरमै बसेर मनाउन र बजार क्षेत्रमा भिडभाड नगर्न निर्देशन दिएको छ । तर सरकारको निर्देशन प्रवाह नै नगरी स्थानीय बजार क्षेत्रमा भिडभाड बढेको छ ।

नोवेल कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि चाडपर्व मनाउँदा भिडभाड नगर्न र अनिवार्य जनस्वास्थ्य तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला र सबैजसो स्थानीय तहहरुले अनुरोध गरेका छन् । सामूहिक रुपमा भिडभाड गरि चाडपर्व मनाएमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले दार्चुलाले जनाएको छ ।