आलिताल बन फडानी:  प्रदेश सभाको उपसमितिद्वारा छानविन सुरु
2020/08/24, 12:17
 
ban

सडक निर्माणका नाममा अवैध रुपमा सयौं सालका रुखहरु काटिएपछि सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले स्थलगत अध्ययन गरि छानबिन सुरु गरेको छ ।

डडेल्धुराको भित्रिमधेस क्षेत्र आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथ सडकमा अवैध रुपमा सालका ११० वटा गोलिया बरामत गरिएको छ भने अधिकास गोलियाह रातारात लुकाईएको आशंका गरिएको छ ।प्रदेश सभा सदस्य दिर्घराज सोडारीको नेतृत्वमा आईतबार आएको पाँच सदस्यीय संसदीय समितिले स्थलगत अध्ययन गरि डडेल्धुरा सदरमुकाम पुगेको छ ।

अध्ययनका आधारमा छानबिन प्रतिवेदन पेश गर्ने छ । र सो प्रकरणमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याईने प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिका सभापति हर्कबहादुर कुँवरले बताए ।आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माण गरिएको छ । सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका छन ।गाँउपालिकाकै लगानी चक्रपथ सडकको निर्माण सुरु भएको हो तर डिभिजन बन कार्यालयबाट अनुमती नलिईकनै काटिएको छ । सडक काटिदा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका सालका रुखहरु काटिएको डिभिजन वन कार्यालय डडेल्धुराको दाबी छ ।

गाँउपालिकाको समपूरक कोष अन्र्तगत सडक निर्माण सुरु गरिएको थियो । सडकमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबलबहादुर बोहराले बताए ।सो सडक क्षेत्रमा दुई हजार क्युविक फिट भन्दा बढी सालको अवैध काठ काटिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको निमित्त डिभिजनल प्रमुख बोहराले बताए ।

बोहरा सहित घटनास्थल पुगेको वनकर्मीको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाई रहेको अवस्थामा स्थानीय श्याम दास र रजनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गोपालसिँह धामीलाई नियन्त्रणमा लिएको छ । कोरोना परिक्षण पछि प्रहरीमा बुझाएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । विकास निर्माणका क्रममा स्थानीय तह बाट मात्र नभई प्रदेश सरकारका योजनामा समेत अवैध रुपमा रुख काटिने गरेको छ ।

सडक निर्माण गर्दा रुख भएको ठाउमा बाताबरणीय प्रभाब मुल्याकन एआई गरेर मात्रै सडक निर्माण गर्न पाईन्छ तर यहा ठिक उल्टो एआई नगरि धमाधम बन फडानी गर्दे सडक निर्माण भएको छ । यो अबस्थामा नत गाउपालिका जिम्मेवार बनेको देखिन्छ नत निर्माण कम्पनी नै जिम्मेवार देखिएको छ । सामुदायिक बन उपभोक्ता समिति, गाउपालिका ,सेक्टर बन कार्यालय र निर्माण कम्पनीको मिलोमतोमा कानुन छल्दै एकतर्फि रुपमा सडक निर्माण भएकाले हदै सम्मको कानुनी कारबाही हुनुपर्ने स्थानीयहरुको जोड छ ।

डिभिजन बन कार्यालय डडेल्धुराले गाउपालिकालाई स्पष्टीकरणका लागी पत्र काटेको भएपनि अहिले सम्म जवाफ आएको छैन । उक्त चक्रपथ सडक निर्माणका लागि आलिताल गाँउपालिकाले ठेक्का मार्फत उग्रतारा निर्माण सेवा सँग सम्झौता गरेर काम गरेको गाँउपालिकाले जनाएको छ । निर्माण कम्पनीले सडक निर्माणका क्रममा ढालेका सालका रुखहरु गोलिया बनाएर लुकाई राखेको अबस्थामा फेला पारेको जनाएको छ । यस बिषयमा प्रदेश संसदीय टोलीले छानबिन गरि दोशीउपर कानुनी कारबाहीका लागी आफ्ना माथिल्ला निकायमा सिफारिस गर्न सकोस स्थानीयको जोड छ ।