
धनगढीमा अध्यापन गराउँदै आएकी तीन जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ। पहिलो पटक शनिवार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की एक शिक्षिकामा संक्रमण पुष्टि भएकोमा आज थप दुई शिक्षिकामा संक्रमण पुष्टि भएको हो।

५ नम्वरकी संक्रमितको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा थप दुई शिक्षिकामा संक्रमण देखिएको हो। आज थपिएका संक्रमित शिक्षिका वडा नम्वर १ र वडा नम्वर ४ की हुन्।
वडा नम्वर ४ की शिक्षिकाको परिवारका अन्य तीन जनालाई पनि कोरोना देखिएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। शिक्षिकाकी सासु, ससुरा र जेठानीमा पनि संक्रमण पुष्टि भएको हो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/02, 4:24
2024/01/08, 6:41
2020/07/06, 6:26
2020/11/19, 9:08
2021/06/19, 1:44