
सुदूरपश्चिममा कोरोना मुक्त हुनेको संख्या चार हजार चार सय पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिलेसम्म चार हजार चार सय जना संक्रमित कोरोना मुक्त भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार सोमवार मात्रै प्रदेशका २१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । टीकापुर अस्पताल कैलालीबाट १५ जना, दार्चुलाबाट पाँच र अछामका एक जनालाई डिस्चार्ज गरिएको हो । सबैभन्दा बढि कैलालीका एक हजार तीन सय एक जना संक्रमित डिस्चार्ज भएका छन् ।
अछामका सात सय १३, कञ्चनपुरका पाँच सय ८१, डोटीका पाँच सय ७६ र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट एक सय १० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/02, 4:24
2024/01/08, 6:41
2020/07/06, 6:26
2020/11/19, 9:08
2021/06/19, 1:44