सुदूरपश्चिमममा नौ स २९ जना संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ९३ प्रतिशत घरमा उपचार गरिरहेका छन् भने ७ प्रतिशत मात्रै अस्पतालको आईसोलेशनमा रहेका छन् । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित नौँ सय २९ रहेका छन् ।
संक्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । यो भनेको कुल संक्रिय संक्रमितको झण्डै ७ प्रतिशत हो ।
महाकाली अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई, दुई र मालाखेती अस्पतालमा एक जना संक्रमितको उपचार भईरहेको छ ।
अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन् । तर अधिकांश स्थानीय तहका आईसोलेसन र क्वारेन्टिन बन्द भएकोले उनीहरु घरमै वसिरहेका हुन् ।