
नेपालमा थप २७ नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मंगलबार भेटिएका संक्रमित १७ वर्षदेखप ४२ वर्ष उमेर समूहका छन् । २७ जनामध्ये २४ जना पुरुष र ३ जना महिला छन ।

झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो सँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16