सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का
2020/08/25, 9:57
 
earthquike

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ।

मंगलबार राती ९ बजेर ९ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारी अनुसार बेलुकी ९ बजेर ९ मिनेट जाँदा ४.७ रेक्टर स्केल मापन भएको भूकम्प गएको हो ।

भुकम्पको धक्का बझाङ सहित डोटी लगायतका पहाडी जिल्लामा महसुस गरिएको छ । क्षति बारे केही जानकारी आएको छैन ।