![salman khan](/sites/default/files/styles/flexslider_full/public/2020-08/2020-08-28_a-%281%29.jpg?itok=9rgTVpJf)
सिजनहरुमा जस्तै यस सिजनमा पनि सलमानले नै कार्यक्रम सञ्चालन गर्ने छन् । सलमानले १४ औं सिजनका लागि प्रोमो छायांकन सकिसकेका छन् । जुन कलर्स टिभीबाट चाँडै प्रसारण हुँदैछ ।
सलमानलाई यस सिजनका लागि २५० करोड पारिश्रमिक प्रदान गरिने छ । एक स्रोतले बलिउड हंगामालाई यसबारे जानकारी दिँदै भने,“सलमान खान सानो पर्दामा सबैभन्दा धेरे पारिश्रमिक लिने अभिनेता हुन् । उनलाई १४ औं सिजनका लागि २५० करोड पारिश्रमिक दिइँदैछ । उनले हप्ताको एकदिन र दिनको दुई इपिसोड छायांकन गर्नेछन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
अर्थात उनले १२ हप्ता छायांकन गर्नेछन् । उनलाई एकदिन छायांकनका लागि २०.५० करोड पारिश्रमिक प्रदान गरिनेछ । हरेक वर्ष जस्तै यस वर्ष पनि सलमानसँग 'ब्लाङकेट' सम्झौता गरिएको हो । जसमा उनी टेलिभिजन च्यानलको केही अवार्ड कार्यक्रमहरुमा पनि उपस्थित हुनु पर्नेछ ।”
सेप्टेम्बरदेखि प्रिमियर हुने भनिएको यो सिजन वर्षाका कारणले गर्दा पछाडि धकेलिएको हो । बिग बोस १४ का लागि मुम्बइको फिल्मसिटीमा भवन बनाइँदै छ । वर्षाका कारण अझै भवन पूर्ण रुपमा तयार भइनसकेकाले निर्धारित समयमा प्रिमियर गर्न अवरोध आएको हो ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
जसकारण अक्टोबरको मध्यतिर प्रसारण हुने अनुमान निर्माण टिमले गरिरहेको छ । बलिउड हंगामा
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)