कुहिएको चामल प्रकरणः आपूर्तिकर्तासँगै रश्मि कन्सर्न पनि कारवाहीको दायरामा (भिडियो सहित)
2020/05/20, 11:02
 
chamal

धनगढी उपमहानगरपालिकाले राहतको चामल आपूर्तिकर्तालाई सम्झौता अनुसार दायित्व पुरा नगरेको निष्कर्ष सहित कालो सूचीमा राख्ने सहित प्रचलित कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले राहतको चामलको छानबिनका लागि वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको नेतृत्वमा गठित छानबिन टोलीको निष्कर्षपछि सार्वजनिक खरीद ऐन २०६३ को दफा ६३ अनुसार चामल आपूर्तिक कर्ता ठाकुर टे«ड लिंकलाई कालो सूचीमा राख्न सहित प्रचलित कानुन अनुसार कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । आपुर्तिकर्तासँगै रश्मि टे«डिङ कन्सर्नलाई पनि कारवाहीको दायरामा ल्याईने भएको छ । कार्यपालिकाले गरेको सो निर्णयमा आपुर्तिकर्तालाई आधार र कारण प्रस्ताव गरी सुनुवाईको मौका प्रदान गरी कानुन बमोजिम कारवाहीको पक्रिया अगाडी वढाईने भनिएको छ । 

छानविन समितिसँग आपुर्तिकर्ता ठाकुर टे«ड लिंकले विलहरु सहित चामल सप्लाई गरेको रश्मि टे«डिङ कन्सर्नले गरेको वयान दिएपछि रश्मिलाई पनि कारवाहीको दायरामा ल्याईएको छानविन समितिका संयोजक मुरारी अधिकारीले बताए । हामीसँग ठाकुरले रश्मिसँग चामल किनेको वयान दिनुभयो । विल पनि देखाउनुभयो । संयोजक अधिकारीले भने– हुन त पुरै दायित्व आपुर्तिकर्ताकै हो । तर जनस्वास्थ्यसँग सम्बन्धित विषय भएकोले जो कोहीलाई पनि यस्तो काम गर्न दिनु हुँदैन भनेर रश्मीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । 

छानविन समितिीकै प्रतिवेदनका आधारमा उपमहानगरपालिले पनि रश्मी टे«ड कन्सर्नलाई पनि कारवाही गर्ने र प्रक्रिया अगाडी वढाउने निर्णय कार्यपालिकाले गरेको छ । कार्यपालिकाको वैठकले गरेका निर्णयहरुको ४ नम्बर वुँदामा आपुर्तिकर्ता ठाकुर टे«ड लिंकले रश्मी टेडिङ कन्सर्नबाट खरिद गरिएको चामल न्युन गुणस्तरको हुन गएको भनी छानविन समिति समक्ष वयान समेत गरेको आधारमा न्युन गुणस्तरको खाद्य सामाग्रीको कारोवारमा सो फर्म पनि संग्लन भएको हुन सक्ने हुँदा सो सन्दर्भमा सो को आधारमा अनुसन्धान गरी कारवाही गर्न वाणिज्य कार्यालयलाई लेखि पठाउने निर्णय गरियो भनेर कार्यपालिकाको वैठकले पारित गरेको धनगढी उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिए । 

कार्यपालिकाको निर्णय सार्वजनिक गर्दै प्रवक्ता मुडभरीले भने– छानविन समितिसँगको वयानमा केही चामल रश्मि टे«डिङ कन्सर्नसँग लिएको वयान आएको छ । त्योे खाद्य वस्तु उहाँहरुले रश्मीबाट खरिद गरेको भनिएकोले सो सप्लाई गर्नेलाई पनि छानविन गर्ने भनिएको हो । धनगढी उपमहानगरपालिकाले रश्मी टेडिङ कन्सर्नलाई कानुनी प्रक्रिया अगाडी वढाउने निर्णय गरेको छ । समितिमा प्राप्त बिलको प्रतिलिपि अनुसार ठाकुर टे«ड लिंकले ५९ हजार किलो चामल रश्मी टे«ड कन्र्सनबाट खरिद गरी सप्लाई गरेको मध्ये १५ किलोको १ हजार २ सय प्याक खरीद गरेको पाईएकोले र स्टक अनुगमन गर्दा १५ किलोको चामलको प्याक नै गुणस्तरहीन देखिएकोले रश्मी टे«ड कन्र्सनलाई समेत प्रचलित कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्ने नगरपालिकाले निर्णय गरेको मुडभरीको भनाई छ ।

उपमहानगरपालिकाले वडा नम्बर १, २, ४, ५ र १२ मा मौज्दात ७१ हजार ४ सय ७० किलो चामल खान योग्य देखिएकोले आवश्यक प्रकृया पुर्याएर वितरण गर्न नगर पालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड अनुरुप नपाईएको भनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जेठ ४ गते प्राप्त विश्लेषण प्रतिबेदन अनुसारको चामल १५ किलोका प्याकमा रहेको २० हजार १० किलो चामल हकमा समेत सो कार्यालयबाट पुनः परीक्षण गराई कानुन अनुसारको सिफारिस गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

खरीद प्रकृया कानुन सम्मत भए नभएको नगर कार्यपालिकाको एउटा समिति बनाई सो समिति मार्फत प्रकृयाको अनुगमन गर्न लगाउने, खरीद प्रकृयाका प्रत्येक चरणमा हुने कार्य पारदर्शी रुपमा आम नागरिकले जानकारी पाउने गरी नगरपालिकाको वेब साईटमा राख्न लगाउने निर्णय गरेको छ ।