धनगढीमा २२० जना कोरोना संक्रमित, कुन वडामा कति ?
2020/08/30, 12:06
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय २० पुगेको छ । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाका सबै वडामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार१९ वटै वडाका दुई सय २० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

सबैभन्दा बढि वडा नम्बर १२ मा ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए । उनका अनुसार वडा नम्बर १२ मा १३ महिला र २४ पुरुष संक्रमित छन । यस्तै वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना, वडा नम्बर १ मा ९ महिला र १६ पुरुष गरी २५ जना, वडा नम्बर ३ मा पाँच महिला र १३ पुरुष गरी १८ जना कोरोना संक्रमित रहेका छन ।

यसैगरी वडा नम्बर ४ मा ६ महिला र ८ पुरुष गरी १४ जना, वडा नम्बर ५ मा ७ महिला र ९ पुरुष गरी १६ जना, वडा नम्बर ६ मा तीन पुरुष, वडा नम्बर ७ मा  ४ महिला र ७ पुरुष गरी १३ जना, वडा नम्बर ८ मा २ महिला र ४ पुरुष गरी ६ जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी ९ जना, वडा नम्बर १० मा ३ पुरुष, वडा नम्बर ११ मा ३ महिला र ५ महिला गरी ८ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ ।

यसैगरी वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जना, वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला र वडा नम्बर १५ मा तीन महिला र तीन पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उप–महानगरपालिकामा संक्रमण पुष्टि भएका दुई सय २० जना मध्ये ५१ जना कुनै ट्राभल हिस्ट्री नभएका व्यक्ति रहेका छन् ।

धनगढीमा कोरोना सामुदायिक संक्रमणको चरणमा प्रवेश गरिसकेको बताउँदै स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले अवस्था यकिन गर्न समुदाय स्तरमा परीक्षणको तयारी गरिएको जानकारी दिए ।