सीमावर्ती पलिया बजार पुगे ३५ सय नेपाली (भिडियो सहित)
2020/05/20, 1:09
 
paliya

कैलालीको सीमावर्ती बजार पलियामा घर फर्किने नेपालीहरुको संख्या वढ्दै गएको छ । गौरीफन्टा नाकाबाट नेपाल आउन पलियामा तीन हजार पाँच सय नेपाली पुगिसकेका छन् । भारतका विभिन्न शहरबाट आउने क्रम पनि जारी रहेको छ । 

भारतका विभिन्न स्थानबाट बस तथा ट्रक मार्फत नेपालीहरु पलिया पुगिरहेको पलियामै रहेका बैतडीका प्रकाश चन्दले जानकारी दिए । उनका अनुसार अझै हजारौँको संख्यामा मजदुरहरु आउने क्रम जारी रहेको छ । त्यहाँ रहेका नेपालीहरुले सरकारसँग उद्धारको माग पनि गरेका छन ।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा पलियामा रहेका साढे ९ सय मजदुरको उद्दार गरिएको थियो । अहिले सीमा क्षेत्रमा पुगेकाहरुलाई पनि उद्धार गर्न तयार रहेको तर सीमा नाकाबाट गन्तव्य पुगाएर क्वारेन्टाईनमा राख्ने व्यवस्था सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।