सुदूरपश्चिमका ४९२९ संक्रमितले कोरोना जिते
2020/08/31, 8:18
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना झण्डै पाँच हजार संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका चार हजार नौ सय २९ जनाले कोरोना जितेका छन्।

आईतबार मात्र अछामबाट ८२ र कञ्चनपुरबाट ७ गरी ८९ जना संक्रमित डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३१ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका आठ सय तीन, अछामका सात सय ९५, कञ्चनपुरका ६ सय १६ जना संक्रमित पनि निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

सुदूरपश्चिम प्रदेशमा आईतबार सम्म पाँच हजार नौ सय तीन जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ।