
बझाङमा कोरोना संक्रमितको संख्या बढदै गएपछि ५ वटा वडामा निषेधाज्ञा जारी गरी सिल गरिएको छ। आइतबार बसेको जिल्ला सुरक्षा समिति बैठकले तीन स्थानीय तहका ५ वटा वडालाई सिल गरिएको हो।

आइतबार राति १२ बजेदेखि भदौ २८ गते राति १२ बजेसम्म दुर्गाथलीको वडा नम्बर ४, ५ र ६ , खप्तड छान्नाको वडा नम्बर ६ र छबिसपाथिभेराको वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
उक्त समयमा जिल्लामा कुनैपनि प्रकारका भेला, सभासम्मेलन, मेलापर्व, जात्रामहोत्सव, पूजाआरधाना, भोजभतेर राजनीतिक दलका सभा सम्मेलन गर्न बन्द गर्ने पनि निर्णय भएको सिडिओ भण्डारीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07