
धनगढी – नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा मंगलबार तोलामा नौ सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले नै बढेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरेहेको महासंघले जनाएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37