देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री ओली र प्रचण्डको पुतला दहन
2019/09/19, 3:09

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरिएको छ। कांग्रेस कार्यकर्ताहरुले बाँकेको खजुरा गाउँपालिकामा आयोजित जागरण अभियानमा नेकपा कार्यकर्ताले जिल्ला सभापति किरण कोईरालामाथि आक्रमण गरी हात भाँचेको विरोधमा आज उनीहरुको पुतला दहन गरेका हुन्।

सदरमुकामको भीमदत्त चोकमा प्रधानमन्त्री र प्रचण्ड विरूद्ध नारावाजी गर्दै पुतला दहन गरिएको हो। बाँके जिल्ला सभापति कोइरालामाथि आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कारवाहीको माग गरिएको छ। गत बिहीबार खजुरामा भएको जागरण अभियानमा नेकपा कार्यकर्ताको आक्रमणबाट कोइराला घाइते भएकी थिइन्।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54