
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १ हजार एक सय ७८ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ। प्रदेशका सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालका गरी तीन वटा प्रयोगशालामा ११७८ जनाको कोरोना परीक्षण गरिएको हो।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पाँच सय ६६ जनाको कोरोना परीक्षण भएको छ। यस्तै डडेल्धुरा अस्पतालमा पाँच सय ३५ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ७७ जनाको कोरोना परीक्षण भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जना, डडेल्धुरा अस्पतालमा ५६ जना र डोटी अस्पतालमा ३१ जनालाई कोरोना पुष्टि भएको हो। तीन वटै प्रयोगशालामार्फत प्रदेशमा मंगलबार १०१ जना कोरोना संक्रमित थपिएका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:54
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44