नेपालमा भएका क्रान्ति र द्वन्द्व सत्तारोहण संगै विसर्जनतिर
2020/09/02, 7:35
 
article

राज्यद्वारा राजनैतिक प्रणालीद्वारा शासकीयशैली शासकको हठी आफ्नै नागरिक माथी चरम दमनकारी नीति निरंकुशता त्यस विरुद्धको सचेत उत्पीडित जनताको बुलन्द आवाज,प्रतिवाद अनि बिचको मतभेद नै द्वन्द्व मानिन्छ । राज्यले आफ्नै जनतामाथिको शोषण दमन गर्‍यो,आफ्नै जनतामाथि अस्वभाविक अनैतिक गैरकानुनी समवेदनाहीन अमानवीय थिचोमिचो शोषण दमन अत्याचार राज्य,शासक सरकार प्रत्यक्ष हस्तक्षेपकारी निरंकुश अपराधी क्रियाकलाप गर्दा त्यहाँ जनताको एक प्रकारको प्रतिशोधको भावना प्रकट हुन्छ । जसलाई बिद्रोह,क्रान्ति,जनक्रान्ति,जन आन्दोलन जुन नाम पनि भन्न सकिन्छ । यो बिद्रोहको उठान शोषित पीडित राज्यको कारण पछि परेका निमुखा अल्पसंख्यक जाति वर्ग बाट एक नेतृत्वको जन्म हुन्छ । त्यसरी उत्पीडनमा परेका बिचबाटै जन्मिएको संगठन संगठित समुहको अग्रसर पात्र नेता मान्ने गरिन्छ ।

त्यो नेताको कमान्डिङमा जनता गोलबन्द हुन्छ,आवद्ध हुन्छन् । आफ्नो नेताले.., कमान्डले भनेको कुरा मान्छन् । पुस्तौंदेखि आफूलाई शोषित भएको अत्याचार,दमन,अपमान,अभाव बाट सधैंका लागी मुक्त हुन चाहन्छन् । आफ्नो मुक्तिको लागि राजनैतिक आर्थिक सामाजिक शैक्षिक हक र अधिकारका निम्ति आफ्नो ज्यानको प्रवाह नगरी आन्दोलित हुन्छन् । बलिदान दिन पनि तयार हुन्छन्,कति घाइते हुन्छन् कति अपाङ्ग कतिले सहादत प्राप्त गर्छन् । तिनीहरु एउटैमात्र उदेश्य भनेको सबैखाले उत्पीडन हेपाइ चेपाइ थिचोमिचो सबैखाले निरंकुशता उपेक्षा दमनको अन्त्य समानता स्वतन्त्रताको अनुभूति गर्नु हुन्छ । कसैलाई केही प्राप्त भयो भन्नेबित्तिकै सबै ठिकठाक भैसक्यो भन्नू अलि अमिल्दो हुनसक्छ । सीमित व्याक्तिको सत्तामा पहुँचलाई उपलब्धि मान्नसकिदैन ।

प्राप्त उपलब्धि बिनासर्त अक्षरस कार्यनयन हुनुपर्छ । जनताले अनुभूति हुने गरि जनक्रान्तिको भावना अनुरूपको आवश्यक धृढ इच्छाशक्तिका सकारात्मक,दूरदृष्टि,दुरदर्शिताका साथ नेतृत्वले आफ्नो मुख्य कार्यभार सम्झेर अघि बढ्नु पर्छ । जनताको हित बिनाको उपलब्धि,उपलब्धि होईन । जब सम्म जनताको जीवनमा आमूलपरिवर्त आउनै पर्छ । अझै लोकतान्त्रिक व्यवस्था जनताको अधिकार निम्ति अग्रपंक्तिमा रहेर सार्वजनिक रुपमा जनता सामु गरेका बाचा पूरा हुनैपर्छ । पार्टीको मुखपत्र,घोषणापत्र अनुसार साझा कार्यक्रम ल्याउने तदारुकताका साथ जन अपेक्षा पाएको विश्वास भरोसा पूरा गर्नु नैतिक जिम्मेवारी हो । नैतिकता भनेको जानेर वा अन्जानमा नियतबस गरेको गल्तीको जिम्मेवारी नेतृत्वले नैतिक रुपमा लिनसक्नुपर्छ । अविचलित अनवरत देश र जनताको भलाई प्रमुख कार्यभार हुन । यसैको आधारमा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध भातृत्व भाइचारा अभिवृद्धि गर्ने देशलाई आत्मनिर्भर गर्ने जनताको सर्वोपरि हितमा आफ्नो बल बुद्धले भ्याए सम्म तल्लीन हुनुपर्छ । तमाम समस्यासँग जुध्ने जनताको मुक्ति गरिबीको अन्त्य गर्दै स्वास्थ्य शिक्षा रोजगारीको ग्यारेन्टी भरोसा दिनैपर्छ ।

राज्य कमजोर हुँदै जान्छ । जनताका जायज माग बलियो हुँदै जान्छन् । जनताको चेतना,प्रतिशोधको प्रतिक्रियात्मक भावना बलियो हुँदै जान्छ । जनता झन्झन् राज्यप्रणाली,शासन दमनकारी सरकारको रवैया दिनप्रतिदिन कमजोर हुँदै जान्छ । एकदम निरंकुश षडेयन्त्रकारी जालझेल ठग दमनकारी भ्रष्ट अत्याचारीको राज्य किल्ला गर्ल्यामगुर्लुम ढल्छ । जनताले आफू विजय भएको हर्ष उल्लास मनाउँछन । लागेका घाउ गुमाएका आफ्ना प्रियजन प्रति श्रद्धाञ्जली दिदै आँसुको र हासोको समिश्रण बाट जनताको राज्यसत्ता स्थापना हुन्छ । पाएका पीडा दुख दमन अत्याचार सबैखाले उत्पीडनबाट मुक्ति पाउने ठूलो सपना मनमा बटुल्दै मनमनै गदगद प्रफुल्ल हुन्छन् ।

सधैं सत्यको विजय हुन्छ । एक न एक दिन गलत,ठगी,अन्याय अत्याचार,हत्याहिंसा,चोर,ठग बलात्कारी भ्रष्टाचारी दमनकारी नाङ्गिन्छ, प्रदाफास हुन्छ हुन्छ । पाप धुरीबाट कराउँछ । यो बैज्ञानिक नियम चक्र पनि हो । बिहानी पछि दिन मध्याह्न अपरान्ह साझ रात मध्यरात पुर्न बिहानी हुन्छ । गर्मीसँगै ठन्डा वर्षा पनि हुन्छ । यसैगरी मिनेट घण्टा दिन हप्ता महिना वर्ष बित्दै जान्छन् । त्यससँगै मानिसका अपेक्षा आशा अभिलाषा विश्वस भरोसा बढ्दै जान्छ । समयलाई रोक्न सकिदैन निरन्तर बितिरहेको हुन्छ । हेर्दा उथलपुथल देखिन्छ । कोहि रातापहेला रंगीचंगी देखिन्छ । कोहि कहाँबाट कहाँ पुगिसकेका हुन्छन् । आज भन्दा भोलि राम्रो होला ठिक होला भन्ने सकारात्मक सोच राख्दाराक्दै वर्षौं बितिसक्यो ती गरिब निमुखा उत्पीडित जनताको जीवनमा कुनै फेरबदल आएन ।

हिजोको क्रान्तिकारी नेता आज भ्रष्ट विलासी शासक भैसकेको छ । अरूलाई निरंकुश देख्ने दमनकारी शोषक सामन्त देख्ने आज त्यो मार्गमा,पथमा हिडिरहेको छ । ऊ आज अहंकारी भैसकेको छ । ऊ आज विसर्जनवादमा दलाल सामन्तीशैलीमा डुबुल्की मारिसकेको छ । हिजो ऊ चप्पल लगाएर हिड्ने आज हेलिकप्टर चढेर जनतालाई पैरोमा पुरिएका डुबेका बगाएका लाई आकाशबाट अबलोकन गर्ने भैसकेको छ । हेड क्वाटरमा उसको मिटिङ,बैठक गर्छ । सरकारी क्वाटरमा ऊ मस्तसँग सयौं सुरक्षागार्ड तैनाथ गरेर सुत्छ । परिवर्तन खासमा उसलाई आएको छ । ती हिजोको सामन्ती राज्यसत्ताबाट शोषित जनता झन् साविकको भन्दा गएगुज्रेको दयनीय पिडादायी जीवनमरणको दोसाँधमा छन् । बेहाल छ,अभाव छ ल,व्याप्त गरिबी,बेरोजगारी,स्वास्थ्य,खानेपानी,बिजुली बात्ती,संचार हिड्ने बाटो केहिपनी पनि ठिक छैन ।

जनताको क्रान्ति भनेको नेतृत्व परिवर्तन गर्ने पहिलेवालाको  खाइपाइ आएको भाग खोसेर अर्कोलाई सुम्पनु बाहेकका अरु उपलब्धि खाली सपना मात्रै हुँदै गएका छन् । जनताले चाहेको खासमा के हो ? ती गरिब निमुखा सबैखाले उत्पीडनमा परेका जनताको जीवनमा अनुभूति हुनेगरी देखिने गरि परिवर्तनको आभास पाउनुपर्ने थियोे कि थिएन ? आज आफ्नै पद र शक्तिको लागि मारामार लुछाचुडी किन र केकालागी ? जनताको त्यो जनक्रान्ती बेलाका सपना उमिद अपेक्षा जसले आफ्नो अमुल्य जीवनको सहादत गरे तिनक परिवारले आज के पाए? लाखौं घाइते अपाङ्ग बेपत्तासम्बन्धी जिम्मेवारी कसको ? आज तिनीहरु किन यत्रो परिवर्तन पश्चात् आफ्नै देशमा नर्कको अनुभूति गर्दैछन् । कि कसको कारण यस्तो हुन गइरहेको छ भन्ने प्रश्न अहम् हो l

अन्तमा द्वन्द्वको शान्तिपूर्ण अवतरण भनेको नेतृत्वको सत्ता लिप्त पदमोह शक्ति पृथकतिकरण भनेको नेतृत्वको पदीय व्यवस्थापन मात्रै होईन । जनस्तरमा जनताले चाहेको परिवर्तन जनताको आवस्यकता समस्या कानुनतः संबैधानिक हिसाबले बैधानिक किसिमले अग्रगामी अग्रसरतामा समाधान हुनैपर्छ । घाइते बेपत्ता सहादत प्राप्त गर्ने महान योद्धा प्रति अनुदार पटक्कै हुनुहुँदैन । जनताले जब सम्म आफ्नो अपेक्षा पूरा भएको महसुस गर्दैन तब सम्म क्रान्ति सफल भएको मान्न सकिदैन ।

कसैलाई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, अध्यक्ष, सभापति हुने बित्तिकै परिवर्तन भयो भन्ने ठम्याइ महसुस भयंकर गलत हो । लाभान्वित हुने राज्य माथी कब्जा जमाउने विलास दम्भ अहंकार भ्रष्ट मनोवृत्ति खतरानाक छ । शैली हेर्दा दलाल पुँजीपतिको इशारा चलेको परनिर्भर वैदेशिक हस्तक्षेपको चपेटामा देशको सार्वभौम सम्प्रभुता कमजोर सुशासन कथित दलीय साम्प्रदायिक जातीय राजनैतिक गरेको देशमा अशान्ति अस्थिरता दण्डहीनता अमनचयन शान्ति सुरक्षा पनि ठिक नभएको महामारी नियन्त्रण गर्न पनि असफल देखिन्छ । कोरोनोको नाममा ठूलो आर्थिक अनियमितता भ्रष्टाचार भएको यत्रतत्र छताछुल्ल देखिन्छ । के यहीँ हो क्रान्तिकारीधारी परिवर्तनकारी अझै राज नेता रे ! लाजमर्दो ।

भरत विष्ट
टीकापुर,१ कैलाली ।
bistb24@gmail.com