बरिष्ठ उपाध्यक्ष ओझाद्धारा भारतबाट फर्किएकाहरुलाई मध्य रातमा खानाको व्यवस्था 
2020/05/21, 7:52
 
sahayog

कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भारतमा आएकाहरुलाई खानाको व्यवस्था गरेका छन् । सीमावर्ती गौरीफन्टाबाट नेपाल ल्याईएका नेपालीहरुलाई मध्यरामा बरिष्ठ उपाध्यक्ष ओझाले खानाको व्यवस्था गरेका हुन् ।

1

राती ११ बजेसम्म सीमा पुगेर सम्बन्धित ठाउँ जान नपाएका नेपालीहरुलाई दाल भात तरकारी तथा सुख्खा खानाको व्यवस्था गरिएको ओझाले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गौरीफन्टाबाट ८ सय ५५ जना भित्रिएकोमा ३५० जनालाई सीमा छेउकै नवदुर्गा माविको क्वारेन्टाईनमा राखिएको छ । सुरुमा त्यहाँ पुगेका २५० जनालाई दाल भात तरकारी खुवाईएपछि नेपालीहरु थपिने क्रम जारी रहँदा राति १ बजे चाउ चिउरा विस्कुट पानी लगायतका खाद्य सामाग्रीहरु बरिष्ठ उपाध्यक्ष ओझाले व्यवस्था गर्दै खुवाएका थिए ।

2

राती डेढ बजेसम्म आफु सहित धनगढी उपमहानगरपालिका मेयर नृप ओड र पत्रकार दिर्घराज उपाध्यायले क्वारेन्टाईनमा रहेका नेपालीहरुको चाजोपाजो मिलाएको ओझाले बताए । सुरुमा आएकाहरुलाई दाल भात तरकारी बनाउन खाना बनाउने मान्छे खोजेका थियौं तर खाना बनाउने मान्छे धेरै जना देखेर भाग्यो । त्यसपछि त्यहाँ रहेका दाजुभाईले आफै खाना बनाएर खाए । वरिष्ठ उपाध्यक्ष ओझाले भने– त्यसपछि पनि थपिने क्रम जारी भएपछि राति डिपार्टमेन्टल स्टोर खुलाएर ड्राई फुडको व्यवस्था गरी उहाँहरुलाई दिएका हौं । 

3