
नेपाल कम्युनिष्ट पार्टी (चन्द समूह) का आठ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले दार्चुलाबाट पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुबेदीले चन्द समूहका कार्यकर्ता पक्राउ परेको बताए । लिपुलेक जान हिँडेका ८ जनालाई दार्चुलाको लौगाड गाउपालिका–१ रामपाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आठै जनालाई दार्चुला स्थित सदरमुकाम खलंगा ल्याईदै गरेको डिआईजी सुवेदीले जानकारी दिए । पक्राउ परेको स्थान सदरमुकाम दार्चुलाबाट निकै टाढा रहेकोले भोलीसम्ममा उनीहरुलाई सदरमुकाम पुराईनेछ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09