सुदुरपश्चिममा कोरोनाको जोखिम बढ्यो, किट अभावले सीमा क्षेत्रबाट नेपाल आउने अधिकांशको परिक्षण हुन सकेन्
2020/05/22, 7:29
 
test

सुदुरपश्चिममा कोरोनाको जोखिम बढेको छ । भारतबाट दैनिक रुपमा नेपाल प्रवेश गर्नेहरुको संख्या वढिरहेकोले कोरोनाको खतरा वढेको हो । भारतबाट भित्रिएका सवै जनाको परिक्षण नहुँदा यसले खतराको घण्टी बजाएको हो ।

जेठ २ र ३ गते नेपाल प्रवेश गरेकोहरुको सीमा क्षेत्रमै ¥यापिड टेष्ट नहुँदा कठिनाई भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए । वुधबार नेपाल भित्रिएका ८ सय २८ जना मध्ये एक जनाको पनि टेष्ट गरिएको थिएन् । उनीहरु सवैलाई परिक्षण विना नेपाल ल्याईएको थियो । विहीवार पनि दुई हजार ४ सय ७८ जना नेपाल भित्रिएकोमा ६ सय जनाको मात्रै परिक्षण गरिएको छ । 

सीमाबाट उद्धार गरिएका झण्डै ६ सय जनाको ¥यापिड टेस्ट गर्दा १९ जनामा आरडिटी पोजेटिभ देखाएको छ । सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले दिएको जानकारी अनुसार १९ जनामा एन्टिबडी देखाएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । 

यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको थियो । बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा बिहीवार भने सीमा नाकामै ¥यापिड टेस्ट गरिएको हो । तर ¥यापिड किटको अभावले सबैको परीक्षण भने गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले सुरुमा आउनेहरुमा ¥यापिड टेस्ट गरिए पनि पछि ¥यापिड किट सकिएपछि स्थानीय तहमै टेस्ट गराउने सर्तमा उद्धार गरिएको बताए ।