दुई दशकदेखि सुदूरपश्चिममा लक्ष्मीसँग रमाईरहेका बैंकर
2020/09/15, 10:26
 
diwakar joshi

सीताराम ओझा-  ४४ बर्षीय दिवाकर जोशीले लक्ष्मीसँग रमाउन थालेको झण्डै दुई दशब हुन लागेको छ । १८ बर्षअघि उनले सुरु गरेको बैंकिङ करियरले थप उचाई पाईरहेको छ । पुरै सुदुरपश्चिममा विताएका छन् उनले सुरुदेखि अहिलेसम्म । जजमानी गर्ने बुबाका छोराले बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै छाप छोडेका छन् ।

1

1

अहिले उनी लक्ष्मी बैंक धनगढी शाखामा लक्ष्मीसँग रमाईरहेका छन् विगत सात बर्षदेखि । धनगढीमा लक्ष्मी बैंकको शाखा खुलेदेखि शाखा प्रबन्धक भएका उनी पछिल्ला दुई बर्षदेखि प्रदेश प्रबन्धक भएर काम गरिरहेका छन् । ईमान्दारिता लगनसीलता र लगाब नै सफलताको सुत्र मान्छन् उनी । बैंकहरुले सुदुरपश्चिममा रोजगारीका अवसरहरु सिर्जना गर्दै आर्थिक समृद्धिमा टेवा पुराईरहेको उनको तर्क छ । कुनै समय सुदुरपश्चिममा बैंक आउन नमान्ने स्थिति भोगेका र देखेका उनी अहिलेको अवस्था देखेर खुशी छन् ।

1

बैंक तथा वित्तिय संस्थाहरुमा आउने जाने रकमले नै उद्यमसीलताको विकास गरिरहेको छ भन्छन् उनी । बैंकको प्रभाव लामो र ठुलो भएको लाग्छ उनलाई । बैंकको सहायतले उद्यमसिलताको विकास हुने, त्यसबाट रोजगारीहरुको सिर्जना हुने र त्यही रोजगारीमा आबद्ध भएपछि सयौंं परिवारहरुको रोजी रोटी चल्छ ।

2

एउटा चक्रले चारैतिर प्रभाव पारिरहेको उनको विश्लेषण छ । बैंकिङ क्षेत्रमा लागेर आफुले रामै्र गरेको छु भनेर सन्तुष्ट छन् उनी । नाम चिनिएको छ । साथीभाईहरुले जुनसुकैं बैंक तथा वित्तिय संस्थाहरुसँग केही काम गर्दा पनि उनलाई सोध्छन् । त्यसलाई उनी ठुलो सम्पति मान्छन् । आफुलाई पत्याएको ठान्छन् । विश्वास गरेको मान्छन् । ईमान्दारिता पुर्वक निभाएको भुमिकाले विश्वास साथ र माया कमाएका छन् उनले । 

1

2

कञ्चनपुरको वेल्डाडीमा जन्मिएका हुन दिवाकर । पुख्यौली घर बैतडी भएपनि वाल्यकाल वेल्डाडीमै वित्यो । एसएलसीसम्म उतै पढे । एसएलसीसम्म पढ्नका लागि गाउँमा विद्यालय थिएन् । उनी पढ्नका लागि कलकत्ता जान्थे । बर्षातको समयमा नदीहरुमा आउने भेल, जंगल र जंगली जनावरका कारण धेरै समय विद्यालय जानै पाउदैनथे उनी । त्यही भएर कलकत्ता बजारमा डेरा लिएर एसएलसी पास गरे । बुबा आमा वेल्डाडी भएप्नि काकाहरु महेन्द्रनगर वस्थे ।

1

3

उनी ईन्टर र ब्याचर पढ्न महेन्द्रनगर गए । सिद्धनाथ वहुमुखी क्याम्पसबाट स्नातक पास गरेपछि स्नाकोत्तर गर्न काठमाण्डौं गए । त्रिभुवन विश्वविद्यालयबाट डिग्री सिद्धाए । काठमाण्डौंमा रहँदा झण्डै दुई बर्ष विद्यालयमा पढाए । उनी फेरि महेन्द्रनगर फर्किए । पढाउने कामलाई निरन्तरता दिए । उनले नपढाएका महेन्द्रनगरका प्लस टु र क्याम्पस सायदै नहोलान् । अािर्थक क्षेत्रकै पढाई रुचि पनि त्यही क्षेत्रमा थियो उनको ।

2

4

क्याम्पसहरुमै पढाउने वेला अहिलेको महालक्ष्मी विकास बैंक त्यो वेलाको मालिका विकास बैंक खुल्यो । कर्मचारी आवश्यकताको विज्ञापन देखे । सहायक पदमा कर्मचारी मागिएको देखे । आवेदन दिए । एक नम्बरमा नाम निस्कियो । त्यहीबाट मालिका विकास बैंकबाट बैकिङ करियर सुरु भयो । महेन्द्रनगर शाखामा पाँच काम गरे । बैंकको कामसँगै साँझ विहान क्याम्पस पढाउने काम पनि जारी नै थियो उनको । त्यहाँबाट वेलौरी शाखामा सरुवा भयो । ६ बर्ष वित्यो त्यहाँ । ९ महिना डडेल्धुरा शाखामा काम गरे । 

1

डडेल्धुरामा काम गर्दै गर्दा धनगढीमा एनआईसी बैंकको शाखाको कर्जा विभागमा आए । डेढ बर्ष कर्जा विभागमै काम गरे । बैंकले महेन्द्रनगरमा शाखा खोलेपछि दिवाकरलाई त्यहाँको शाखा प्रबन्धक बनाएर पठायो । साढे तीन बर्ष शाखा प्रबन्धक र क्याम्पसको प्रोफेसर दुबै कामसँगै अगाडी वढ्यो । एनआईसी बैंक अफ एसियासँग मर्ज भयो ।

2

4

एनआईसी एसिया बैंक बनेपछि उनले त्यहाँको जागीर छोडे । त्यसपछि धनगढीमा लक्ष्मी बैंकको शाखा खोलेदेखि त्यही आबद्ध भएर काम गर्न सुरु गरे । जुन कामलाई अहिलेसम्म पनि निरन्तरता दिएका छन् । शाखा प्रबन्धकबाट प्रदेश प्रबन्धकमा वढुवा भएर आफ्नो जिम्मेवारी निभाईरहेका छन् । धनगढी वसाईमा पनि उनले पढाउन छोडेनन् ।

2

एसपीए, नाष्ट लगायतका क्याम्पसमा अतिथि प्राध्यापकको रुपमा पढाउने कामलाई निरन्तरता दिई नै राखेका छन् । बैंकिङ क्षेत्रमा लाग्नु उनको मेन हवी हो भने पढाउनु उनको साईड हवी । त्यही भएर झण्डै दुई दशकको बैंकिङ करियरमा एक दशक जति क्याम्पसहरुमा पढाए पनि । अहिले पनि उनी पढाउन नपाउँदा के नपुगेको नपुगेको जस्तो महसुस गर्छन् । आर्थिक सिमान्तकृत वस्तीहरुमा पुगिरहेकै हुन्छन् । वित्तिय साक्षरताका कक्षाहरु दिईरहेकै हुन्छन् । 

1

1

बैकिङ करियरसँगै अगाडी वढिरहेको छ उनको वैवाहिक जीवन पनि । दुवैको समय उस्तै उस्तै भएको छ । बैंकमा काम थालेको १८ बर्ष, वैवाहिक जीवनमा बाँधिएको १९ बर्ष । बैंकमा जागीर सुरु गर्नुभन्दा एक बर्ष पहिलो विवाह गरेका थिए उनले । एक छोरी र एक छोरा छन जोशी दम्पतिका । छोरीले एसईई पास गरि सकिन् भने छोरा चार कक्षामा पढिरहेको छ ।

1

2

यसपालीको एसएलसीमा छोरीले चार जिपिएस नम्बर ल्याएकी छिन् । पढाईमा अब्बल छिन् । छोरा पनि पढाईमा राम्रो छ । अतिरिक्त कृयाकलापमा पनि उत्तिक्कै अगाडी छ । जीवन संगिनीले पनि डिग्री गरेको भएकोले छोराछोरी पढाईमा राम्रो भएको मान्छन् उनी ।

2

श्रीमतिको पनि जागीर थियो । छोराछोरी भएपछि काम छुट्यो तर त्यसको गम छैन उनलाई । छोराछोरीलाई आमाको खाँचो पर्छ । त्यही भएर श्रीमतिले छोराछोरीलाई गुणस्तरीय शिक्षा दिएर सही बाटोमा हिनाउन सफल भएको ठान्छन् दिवाकर । 

1

2

लकडाउनले धेरै नेपालीहरु त्यसमा पनि सुदुरपश्चिमेलीहरु घर फर्किए । काम नपाएर फेरि फर्किरहेको खबर सुनेर उनी दुःखी छन् । बैंक तथा वित्तिय संस्थाहरुको लगानी वास्तविक किसानहरुका घरसम्म पुग्नुपर्ने उनी बताउँछन् । सरकारले कृषि र किसानका लागि राहत अनुदान र सम्मानको निति ल्याउनुपर्ने आवश्यकता देख्छन् उनी ।

1

कृषिका केही क्षेमा यो प्रदेश आत्मनिरभर भईसकेको अवस्थामा अब खाद्यान्न र तरकारी उत्पादनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । भारतबाट अर्वौको तरकारी र खाद्यान्न आईरहेकोले त्यसलाई विस्थापित गर्नका लागि तीन वटै सरकारको समन्वयमा बैंक तथा वित्तिय संस्थाहरुले पनि आफ्नो ध्यान त्यतातिर केन्द्रित गर्नुपर्ने उनको तर्क छ । दुई दशकदेखि लक्ष्मीसँग रमाईरहेका बैंकर दिवाकर जोशीलाई आगामी दिनको उत्तरोत्तर प्रगतिको कामना । 

1

2