आशा र भरोसा मानव जीवनका लागि एकै सिक्काका दुईटा पाटा हुन् । आशाले व्यक्तीको सकारात्मक उर्जा प्रदान गरी असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउँछ । भरोसाले मानिसको जीवनलाई शारीरिक, मानसिक र संवेगात्मक रूपमा विश्वासिलो धार बनाएर जुनसुकै कार्य गर्नका लागि योग्य बनाउँछ ।
कुनै पनि व्यक्तीले अरुप्रति आशा बन र भरोसा बनिसकेपछि पनि काम गर्न उसलाई भरोसाले साथ दिनैपर्छ । यदि व्यक्तीको भरोसा भएको छ भने विश्वास पनि राम्रो छ । तर उसमा कार्यशैली र दक्षता राम्रो छैन भने त्यो पनि व्यर्थ हुन्छ । त्यसैले आशा र भरोसा एक अर्काका परिपूरक हुन् । प्रत्येकलाई आशा र भरोसाको सुत्रपातबाट नै हरेकको सफलतालाई जोड्न सकिन्छ ।
संसार जगतमा आशा र भरोसालाई हरेकका इच्छा चाहनाका रूपमा समावेश गरेको छ । यो संसारमा जीवन्त प्राणी सम्बन्धी अध्ययनपछि हरेकको आशा र भरोसा सम्पूर्ण प्राणीमा र प्रत्येकलाई जन्मेको पलबाट आधारभूत गाँस, बाँस र कपास जस्तै आशा र भरोसाले हरेकको जीवनकालमा सफलता प्राप्त गराएको छ ।
आशाले कार्य मौलिकतालाई दीर्घकालीन बनाउँछ भने भरोसाले जीवन्त त्यसको पूर्ण अनुभूति खुशी अनि सफलताबाट धेरैले प्रत्यक्ष लाभ लिई रहेको हुन्छ । जीवन्त प्राणीको जीवनसँग प्रत्यक्ष जोडिएका आशा र भरोसालाई नै आज सबैभन्दा बढी लापरबाही र बेवारिसे बनाईएको छ । यी नै हिजोदेखि आजसम्म सबैभन्दा बढी अस्तव्यस्त छन् ।
आशा र भरोसालाई सकारात्मक बनाउन सक्नु पनि एउटा कला नै हो । जहाँ तन, मन र धन हुन्छ त्यहाँ एउटा मात्र सुत्रपात हुन्छ जो आशा र भरोसा हो ।